आँधिखोला लघुवित्तको लाभांश पारित, अध्यक्षमा के.सी. दोहोरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2022 | 08:16:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आँधिखोला लघुवित्तको पाँचौ बार्षिक साधारणसभा स्याङजामा सम्पन भएको छ । सभाले संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरेको छ ।

सभाले लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७–७८ को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले बताए ।

सभाले राष्ट्र बैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको वताईएको छ । सभाबाट संस्थापक समुहको प्रतिनिधित्व गर्दै नरेश के.सी सहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल सञ्चालकमा निर्वाचित भएको कम्पनी सचिव वावुराम कुँवरले बताएका छन् । सभापछिको वैठकले पुनः नरेश के.सीलाई अध्यक्षमा चयन गरेको छ ।

साधारण सभाको उद्धघाटन संचालक समितिका अध्यक्ष नरेश के सीले गरेका थिए । स्वागत मन्तव्य संचालक दिपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन संचालक केहर सिंह के.सीले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए ।

संस्थाले हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा सेवा संचालन गर्दै आएको र हालै वाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थासंग गरेको मर्जर प्रकृया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले वताएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved