शिवम् सिमेन्टको लाभांश पारित, सेयरधनीको खातामा कहिले आउँछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2024 | 03:03:14 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्ट्स लिमिटेडले साधारणसभाबाट लाभांश पारित गरेको छ । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको ८औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आव २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको वोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीको अधिकृत पूँजी ७ अर्ब र चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।

नियामक निकायले स्वीकृत प्रदान गरेपछि सेयरधनीमा लाभांश वितरण हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved