श्रीरामले भुक्तानी गर्न थाल्यो किसानको बक्यौता रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 01:12:20 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले उखु किसानलाई दिनुपर्ने बक्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । उद्योगले शुक्रबार एक सूचना प्रकाशन गर्दै आजबाट भुक्तानी दिन सुरु भएको जनाएको हो । 

किसानलाई भुक्तानी गर्नुपर्ने रकम उद्योगको बैंक खातामा जम्मा गरिएको र भुक्तानीका लागि कारखाना स्थलमा सूचना टास गरिएको जनाएको छ ।

‘उद्योगले स्थापनादेखि नै उखु किसानहरुको सहयोग र साथ पाउँदा पाउँदै पनि विभिन्न कारणले नोक्सानीमा हुँदा किसानहरुलाई भुक्तानी गर्न ढिलाई भयो, नोक्सानीका कारण बाँकी बक्यौता रकम किसानलाई भुक्तानी गर्न पटक पटक सम्बन्धित निकायहरुमा छलफल गर्दा समेत समस्या समाधान हुन सकेन । किसानलाई पर्न गएको पिर र दुखमा क्षमाप्रार्थि छौँ’, उद्योगले सार्वजनिक गरेको सूचनामा भनिएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार श्रीरामले ३५ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । उक्त उद्योगले मंगलबारसम्म बाँकी सबै रकम भुक्तानी गर्ने सहमति गरेको मन्त्रालयले जनाएको छ । 

लामो समयदेखि उखुको रकम भुक्तानी नगरेको भन्दै उखु किसानहरु आईतबारदेखि काठमाडौँमा आन्दोलनरत रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved