१२ दिन बित्दा पनि उखु किसानले पाएनन् पुरै भुक्तानी, ओझेलमा आन्दोलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 12:24:07 PM मा प्रकाशित

laxmi  sunrise bank

उखुको भुक्तानीको माग गर्दै १२ दिनदेखि माइतीघर मण्डलामा आन्दोलनरत किसानहरुले अझै भुक्तानी पाउन सकेका छैनन् । किसानले आन्दोलन सुरु गरेपछि भुक्तानी नगर्ने चिनी मिललाई गृह मन्त्रालयले पक्राउ गर्ने चेतावनी दिएपछि केहि मिलले भुक्तानी सुरु गरेपनि सबैले सुरु नगरेका हुन् । भुक्तानी सुरु गरेकाले पनि थोरै मात्र भुक्तानी दिएर बाँकि होल्ड मै राखेको बताईएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरु  श्रीराम, अन्नपूर्ण र इन्दिरा सुगर मिलले भुक्तानी सुरु गरेको जानकारी आए पनि लुम्बिनीले कुनै जानकारी नदिएको बताउँछन् । तीनवटा चिनी मिलले किसानको खातामा रकम जम्मा गर्न सुरु गरिसकेपनि लुम्बिनी चिनी मिलले ढिलाई गरेको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसी बताउँछिन् । ‘श्रीराम, अन्नपूर्ण र इन्दिरा सुगर मिलले तालिका बनाएर बक्यौता भुक्तानी गरिरहेका गरिरहेका छन्, लुम्बिनीले भुक्तानी गर्ने सहमति गरेपछि सुरु गरिसकेको छैन्’, उनले भनिन् । उद्योगीलाई पक्राउ गर्नु मात्र समस्याको समाधान नभएको भन्दै रकम भुक्तानी गर्न समय दिइएको केसी बताउँछिन् । 

मिल सञ्चालकले रकम भुक्तानी सुरु गरेपछि सबै रकम नपाएसम्म जिल्ला नफर्कने उखु किसानहरुको अडान छ। आन्दोलनका लागि काठमाडौँ आएको धेरै किसानहरु चिसोका कारण बिरामी पर्न थालेपनि पूरै रकम नपाएसम्म नफर्कने अडानमा छन् । सर्लाही उखु किसान संघर्ष समितिका सचिव हरिश्याम राय केही किसानको खातामा रकम जम्मा भएपनि धेरै रकम जम्मा नभएको बताउँछन् । ‘मिल सञ्चालकहरुले हाम्रो आन्दोलन रोक्न रकम भुक्तानी गरेजस्तो रकेका हुन, गतसाल जस्तै हुनसक्छ, हामी सबै रकम नपाउँदा सम्म फर्किनौँ’, उनले भने ।

सबैभन्दा धेरै बक्यौता रकम रहेको श्रीराम सुगर मिल्सले गत शुक्रबारदेखि ( पुस ३ गतेदेखि) बक्यौता रकम भुक्तानी सुरु गरेको जनाएको छ । मिलले सोमबारसम्म २५ करोड ३० लाखभन्दा बढी रकम भुक्तानी गर्न किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो । यसैगरी पुस ५ गतेदेखि अन्नपूर्ण र इन्दिरा सुगर मिलले दैनिक १ करोड रुपैयाँका दरले भुक्तानी सुरु गर्ने जनाएको छ । 

ओझेलमा आन्दोलन

आइतबार संसद विघटन भएसगैँ माइतिघर मण्डलामा आन्दोलनरत किसानहरुको आन्दोलन ओझेलमा परेको छ । संसद विघटन अघिसम्म किसानको आन्दोलनमा विभिन्न राजनितिक दल तथा तिनका भातृ संगठनहरुले समर्थन जनाउँदै आएका थिए । तर संसद विघटन भएपछि राजनीतिक दलको ध्यान त्यसतर्फ केन्द्रित भएको छ ।  

 चार वर्षदेखिको उखुको रकम भुक्तानी नगरेको भन्दै मंसिर २८ देखि उखु किसानहरुको आन्दोलनमा छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved