मल अभाव हुँदा पनि बढ्यो धान उत्पादन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 04:08:08 PM मा प्रकाशित

laxmi  sunrise bank

धान रोप्ने मुख्य सिजनमा नै रासायनिक मलको अभाव झेलेका किसानले गत वर्षको तुलनामा धेरै धान उत्पादन गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष समयमा नै मौषम सक्रिय हुँदा धेरै हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको थियो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यसवर्ष ७० हजार ८३१ मेट्रिक टनले धान उत्पादनमा बृद्धि भएको छ । यस वर्ष कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान लगाउँदा ५६ लाख २१ हजार ७१० मे.टन उत्पादन भएको हो । 

मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष १४ हजार ५५९ हेक्टर क्षेत्रफलमा धान लगाउँदा ५५ लाख ५० हजार मे.टन उत्पादन भएको थियो ।

कुन प्रदेशमा कति उत्पादन ?

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै धान उत्पादन प्रदेश नम्बर २ मा भएको छ । उक्त प्रदेशमा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै, प्रदेश नम्बर १ मा  १२ लाख ७५ हजार ५५४ मेट्रिक टन, बागमती प्रदेशमा  ५ लाख ९ हजार ५९० मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४९७ मेट्रिक टन धान उत्पादन भएको हो । 

यसैगरी कर्णाली प्रदेशमा  १ लाख ३७ हजार १६५ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा  ६ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ । हाल नेपालमा माग अनुसार ५ लाख मेट्रिक टन धान अझै अपुग छ । 

यस वर्ष धानको उत्पादकत्व तीन दशमलव ८२ पुगेको छ, जुन गत वर्षको तुलनामा शून्य दशमलव २८ प्रतिशतले बढेर हालसम्मकै उच्च उत्पादकत्व हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved