खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमन अब अभियानको रुपमा : मन्त्री अर्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 03:35:20 PM मा प्रकाशित

laxmi  sunrise bank

खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानको रुपमा अगाडि बढाउनुपर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् । 

बुधबार बिहान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएका विषय भएको भन्दै गुणस्तर परीक्षण र नियमनलाई अभियानको रुपमा अगाडी बढाउनुपर्ने जोड दिएकी हुन् । 

गुणस्तर र नियमको अनुगमन गर्ने मुख्य निकाय नै खाद्य प्रविधि विभाग भएको भन्दै विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन् ।

‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेस्टको यति कार्यले मात्र हुँदैन । अब घुम्ती टोलीमार्फत नियमित रूपमा अनुगमन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन् । 

कर्मचारीको क्षमता विकास तथा सेवा केन्द्रहरू थप्नुपर्ने आवश्यकता भएमा योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिएकी छिन् । नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरे । 

‘उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ, त्यो राम्रो गर्नुभएको छ । तर, अब यतिले मात्र हाम्रो आवश्यकता पुरा हुँदैन, यसलाई बढाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भनिन्, ‘आजभन्दा भोली कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईंहरू अगाडि बढ्नुस ।’

भन्सार क्षेत्रमा प्रभावकारिता बढाउनेगरी काम गर्नुपर्ने भन्दै उनले ‘आलीदेखी थालीसम्म, गोठदेखी ओठसम्म’ पुग्नेगरी अभियानमुखी कार्यक्रम अगाडी बढाउनुपर्ने बताइन् । त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्की, पशुपक्षी सचिव डा. प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अगाडि बढ्नुपर्ने बताए ।

बुधबार बिहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved