बंगलादेशसँग किनेको मल ल्याउन सुरु, पहिलो लटमा २० हजार मेट्रिक टन आउंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 10:50:10 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले बंगलादेशसँग खरिद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल ल्याउने तयारी सुरु भएको छ । मल आयातका लागि सबै प्रक्रिया सकेर आजबाट ढुवानी कम्पनीले मल बुझ्ने जानकारी आएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीका अनुसार नेपाल सरकार र बंगलादेश सरकार (सरकार–सरकारबीच जीटुजी) सम्झौता अनुसार बंगलादेशको बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसन कम्पनीले दैनिक उत्पादन गरेको मल नेपालका लागि मल पठाउनेछ । कृषि सागम्री कम्पनीले बंगलादेशबाट ल्याईने रासायनिक मल ढुवानीका लागि गत असोजमा संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिइसकेको छ । 

कृषि कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीका अनुसार पहिलो लटमा २० हजार मेट्रिकटन प्याकिङ गरिएको रासायनिक मल नेपाल ल्याईने तयारी भएको छ। ‘कम्पनीले दैनिक उत्पादन गरेर पठाउँने हो, सबै मल एकैपटक ल्याउन सकिने अवस्था छैन, किस्ता किस्तामा मल आइपुग्छ’, उनले भने । 

पहिलो लटमा ल्याईने मलका लागि भारतीय भन्सार प्रक्रिया मिलाउने काम भइरहेको उनी बताउँछन् । पहिलो लटमा आउने मल कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवामा रहेका गोदाममा राखिने कम्पनीले जनाएको छ । 

नेपालले बंगलादेशसँग प्रति मेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता गरेको थियो । जीटूजीमार्फत मल ल्याउन कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशन अुनसार कृषि सामग्री कम्पनीले मल खरिदको तयारी गरेको थियो । 

तयारी स्वरुप गत पुस २ गते जीटुजी प्रक्रिया मार्फत मल खरिदका लागि कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved