काठमाडौंमा दक्षिण एशियाली किसान संगठनहरुको तीन दिने सम्मेलन सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2022 | 05:25:53 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंमा दक्षिण एशियाली किसान संगठनहरुको तीन दिने गोष्ठी सम्पन्न भएको छ । ललितपुरको गोदावरी भिलेज रिसोर्टमा यही डिसेम्बर ८–१० सम्म चलेको गोष्ठीले खाद्य सम्प्रभुता लागु गरेपछि किसानका समस्या समाधान हुने निश्कर्ष निकालेको छ ।

सो सम्मेलनमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतबाट किसान आन्दोलनका हस्तीहरुले सहभागिता जनाएका थिए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त गोष्ठीको निश्कर्ष सार्वजनिक गरिएको हो । सो सम्मेलन नेकपा (एस) निकट किसान संगठन अखिल नेपाल किसान महासंघले आयोजना गरेको महासचिव प्रमेश पोखरेलले जानकारी दिए ।

सम्मेलनमा भारतीय किसान आन्दोलनका हस्ती राकेश टिकेट, नन्जुदा स्वामी, राज्य गौंडा सहभागी थिए भने पाकिस्तानबाट फारुग तारिक, श्रीलंकाबाट अनुका चिन्चटालगायतको टोली र बंगलादेशबाट गुलाम सरोबरको सहभागिता थियो ।

महासचिव पोखरेलकाअनुसार तीन दिनसम्म चलेको उक्त सम्मेलनमा दक्षिण एशियाका किसानका समस्या समाधानबारे गहन छलफल गरेको थियो । उनले भने,‘दक्षिण एशियाका किसानका समस्याबारे गहन रुपमा छलफल भएको छ, ती समस्या समाधान गर्नेगरि हामीले छलफल गरेका छौं । खाद्य सम्प्रभुता लागु गरेपछि किसानका समस्या समाधान हुन्छ भन्ने निश्कर्षमा पुगेका छौं । त्यसको लागि अब कार्यक्रम बनाएर अघि बढ्नेछौं ।’ उनकाअनुसार सम्मेलन भने प्रत्येक दुई÷दुई वर्षमा हुने गरेको छ ।

आजको पत्रकार सम्मेनलमा बोल्दै किसान आन्दोलनका अगुवा बलराम बाँस्कोटाले देशको जटिल समस्या नै किसानहरुको समस्या भएको चित्रण गरे । उनले भने,‘किसानहरु निम्नस्तरको जीवन व्यतित गर्न बाध्य छन् । किसानको जीवनमा परिवर्तन नआएसम्म देशको आर्थिक अवस्था निर्धो हुन्छ । देशको अवस्था परमुखी हुन्छ । किसान धनी नभएसम्म देश धनी हुँदैन् । अहिले किसान आन्दोलनको औचित्य झनै बढेर गएको छ ।’

सो क्रममा विभिन्न देशबाट आएका किसान आन्दोलनका अगुवाहरुले किसान आन्दोलनको औचित्य र किसानका समस्या समाधानबारे आ–आफ्नो धारणा राखेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved