वोमी लघुवित्तको शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 11:12:14 AM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha Limited ले असोज ६ गतेदेखि एक लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएका १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाम गर्ने भएको हो  

कम्पनीले १:१ को अनुपातमा साउन ९ गतेदेखि १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो  । त्यस मध्ये ८ लाख ८७ हजार ६ सय ६७ कित्ता शेयरको लागि मात्र आवेदन पर पछि बाँकि रहेको  १ लाख २३ हजार २ सय १३ कित्ता शेयर लिलाममा आउने भएको हो । 

लिलाममा आउँन लागेको शेयर मध्ये ७६ हजार ७ सय ३ दशमलव ८० कित्ता संस्था शेयर र बाँकि ४६ हजार ५ सय ९ दशमलव २० कित्ता साधारण रहेको रहेको छ। इच्छुक बोलकबोलदाताले असोज १३ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved