उदयपुर सिमेण्ट उद्योग: दैनिक सात सय मेट्रिक टन सिमेण्ट उत्पादन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2017 | 06:08:43 AM मा प्रकाशित

laxmi sunrise bank

देशको सबैभन्दा ठूलो र नेपाल सरकारको स्वामित्वमा रहेको जलजलेमा अवस्थित उदयपुर सिमेण्ट उद्योगमा विद्युतभार कटौती भएपछि सिमेण्ट उत्पादनमा सुधार आएको छ।

उद्योग प्रशासनका अनुसार भदौको दोस्रो हप्तादेखि असोजको पहिलो हप्तासम्म निरन्तर विद्युतभार कटौती भएका कारण दुई करोड रुपैयाँभन्दा बढी घाटा ब्यहोर्नु परेको भए पनि हाल विद्युत् वितरण तथा विद्युतभार कटौतीमा सुधारका कारण सिमेण्ट उत्पादन बढेको हो।

एक हप्ता यतादेखि उद्योगले दैनिक ७ सय मेट्रिक टनसम्म सिमेण्ट उत्पादन गर्न थालेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले जानकारी दिए। ‘अब यसरी नै एक महिनासम्म निरन्तर सञ्चालन भए उद्योगको घाटा कम गर्न सकिने छ,’ उनले भने।

गत आवमा सो उद्योगले झण्डै  २५ करोड रुपैयाँ नाफा गरेको थियो। चालू आवको भदौमा विद्युतभार कटौती हुन थालेपछि सिमेण्ट उत्पादनमा कमी आएको साहले बताए।विगतमा दिनमा १० पटकसम्म विद्युतभार कटौती हुँदै आएको थियो। रासस 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved