सिमेन्ट र रडको अप्रत्यासित मूल्यबृद्धि प्रति निर्माण व्यवसायीको बिरोध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 06:44:25 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्माण सामग्रीको मुल्य बढेकोप्रति निर्माण व्यवसायी महासंले बिरोध गरेको छ।  रड र सिमेन्टको मुल्य बढेकाले निर्माणको लागत बढ्न गएको बताउदै यसले समग्र निर्माणको कामलाई नै प्रभाब पार्ने जनाइएको छ। 

'बजारमा सिमेन्टको मूल्य प्रतिबोरा १३० रुपैयाँसम्मले बढेको छ भने रडको मुल्य समेत उत्तिकै बढेको छ' निर्माण व्यवसायी महासंघको अध्यक्ष  बिष्णु भाई श्रेष्ठले भने, 'यसरि निर्माण सामग्री महँगो हुँदा निर्माण कार्यनै प्रभावित भएको छ, सम्बन्धित निकायले बढ्दो क्रममा रहेको मुल्य नियन्त्रण गर्नुपर्छ।'

पछिल्लो ५ महिनामा मात्रै सिमेन्टको मुल्य करिब ९ प्रतिशतले बढेको छ भने सोहि अनुपातमा रडको मुल्य समेत बढेको छ। सिमेन्टको माग बढ्ने सिजन बढेसंगै मुल्य समेत बढ्दा यसबाट निर्माण व्यवसायीका साथसाथै सर्वसाधारण समेत महंगीको मारमा परेका छन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved