रसुवास्थित उत्तरगया गाउँपालिका–१ मा बन्न लागेको माथिल्लो त्रिशुली –१, जलविद्युत आयोजनाले मुआब्जा वितरण गरेको छ ।
भूकम्पले आयोजनाको कार्यालयमा क्षति पु¥याएपछि आयोजनाले पुनः सुरक्षित स्थानमा ७ परिवारको ४१ रोपनी जग्गा खरिद गरी काम थालेको हो ।
आयोजनाका जनसम्पर्क अधिकृत सुमन भट्टले जग्गा खरिद गरिएका परिवारलाई ५ करोड मुआब्जा वितरण गरिएको जानकारी दिए । २० अर्ब रुपैया लागत अनुमान गरिएको आयोजना नेपाल वाटर एण्ड डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको हो । २ सय १६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएर काम थालिएको आयोजनाले अहिले वित्तीय व्यवस्थापनको काम गरिहेको छ । आगामी सेप्टेम्बरसम्म वित्तीय व्यबस्थापनको काम सक्ने र अबको दुई हप्तापछि पूर्वाधार नर्माणको काम सुरु हुने आयोजनाले जनाएको छ ।
विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी), कोरियन कम्पनीहरु र नेपाली लगानीकर्ताको लगानी रहने आयोजनाले ५ वर्षमा काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।