लगानी कोष कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, अध्यक्ष र बिज्ञ संचालकको अन्यौल कायमै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 03:21:25 PM मा प्रकाशित

नागरिक लगानीकोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनौट हुने भएको छ। उक्त पद रिक्त भएको करिब २ महिनापछि अर्थमन्त्रालय अन्तर्गत गठिक छनौट तथा सिफारिस समितिले एक सूचना प्रकाशित गर्दै कोषको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।   

प्रकाशित सूचना अनुसार कार्यकारी निर्देशक बन्न योग्यहरुले असोज २२ गतेभित्र अर्थमन्त्रालयको बित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आइपुग्ने गरी गोप्य आवेदन दिनुपर्नेछ।  

आवेदकको शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन,आर्थिक, बैंकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा स्नातकोत्तर पास गरेको हुनुपर्ने छ भने उद्योग, वाणिज्य, पुँजी बजार वा बैंकिङ संस्था कम्तीमा १० औं तह वा सो सरह जिम्मेवारी लिइसकेको हुनुपर्ने छ । निजी क्षेत्रको पुँजी बजार सम्बन्धि संस्श्रथाहरुको व्यवस्थापकीय तहमा न्युनतम १५ वर्षको अनुभव हुनुपर्ने समितिले जानएको छ ।

यसैगरी, उमेरको हदमा ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेकोले आवेदन दिन पाउनेछन। छनौट सूचिमा परेका उम्मेद्वारले व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ । आवेदन शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। 

लक्ष्य अनुसार काम गर्न नसकेको, कोषले बिगत लामो समयदेखि 'हिसाब मिलान' गर्न नसकेको, कर्मचारीहरुको उचित व्यवस्थापनमा समस्या देखिएको भन्दै अर्थमन्त्रालयले प्रश्न उठाएपछी कोषका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोख्रेलले पदबाट राजिनामा गरेपछि २ महिनादेखि कार्यकारी निर्देशकको पद रित्त छ। पोखरेलले राजिनामा दिएपछी कोषका मुख्य व्यवस्थापक सुशील कुमार अर्याललाई कामुको जिम्मेवारी दिइएको छ। 

त्यस्तै लगानी कोषमा बिगत २ महिनादेखि संचालक समितिको अध्यक्ष समेत नियुक्त हुन सकेको छैन। कोषका तत्कालिन अध्यक्ष महाश्रम शर्माले अध्यक्षबाट राजिनामा दिएपछी सो पद रिक्त छ।

यता संचालक समितिमा दुई जना कोषको संचालक समितिमा करिब ६ महिनेदेखी रिक्त बिज्ञ संचालक समेत नियुक्त हुन सकेको छैन। २ जना बिज्ञ संचालक मध्ये एक जनामा अर्थमन्त्री ड़ा युबराज खतिवडाको छोरी ज्वाई ड़ा रामशरण खरेललाई करिब नियुक्त गरीएपनि अर्को एक जनाको नियुक्ति अझै हुन सकेको छैन। 

तत्कालिन अध्यक्ष शर्माले राजीनामा दिएपछि खरेललाई नै कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ। पछिल्लो समय कोषमा अर्थमन्त्रालयको हस्तक्षेप बढेपछी त्यहाँको कामकारबाही प्रभावित भएको छ। जस कारण कोषका कर्मचारीहरुले समेत अर्थमन्त्री खतिवडाको कार्यशैलीप्रति तिब्र असन्तुष्टि व्यक्त गरेका छन।    

अप्ठ्यारो मोडमा नागरिक लगानी कोष, अर्थमन्त्री खतिवडाका कारण जोखिममा करोडौंको व्यवसाय

किन दिए नागरिक लगानी कोषका अध्यक्षले राजीनामा ?





Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved