![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
२०७२ सालको भूकम्पले क्षति पुर्याएपछि अहिले ऐतिहाँसिक रानी पोखरीको अस्तित्व संकटमा छ । यसको पुननिर्माण, नवनिर्माण गर्ने विषयमा धेरै बहस भए । तर हातमा लाग्यो शून्य भने जस्तो कुनै निर्णय भएन । कहिले महानगरपालिकाले बनाउने, कहिले विदेशी दातृ निकायले बनाउने त कहिले पूरातत्व विभागले बनाउने भन्दै वर्षौ वित्यो । अहिलेसम्म पनि देखिने काम एउटै भएको छैन ।
रानी पोखरी राजधानी काठमाडौँको एउटा गहना नै थियो । यसलाई २०७२ को भूकम्प अघि जुन अवस्थामा थियो त्यही सैलीमा बनाईनुपर्छ भन्ने पूरातत्व विभागको अडान छ । जसरी बनाएपनि बनाए भईहाल्यो नि, आँखिर बनाउनु न हो भन्ने पनि छन् ।
पूरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर रानीपोखरी निर्माणको काम आधाभन्दा धेरै सकिसकेको बताउँछन् । जबकी देखिने काम कतै भएको छैन । पहिले पानीले भरिएको पोखरी अहिले घासे मैदान सरह भईसक्यो ।
उनका अनुसार आधाचन्दा धेरै काम सकेर अहिले काम रोकिएको छ । पोखरीको बीचमा रहेको मन्दिरु पूरातत्व विभाग र पोखरी काठमाडौँ महानगरले बनाउने भनिएको छ । विभागका प्रवक्ता कुँवरका अनुसार कस्तो सैलीमा बनाउने भन्ने विवाद आएपछि अहिले काम रोकिएको हो ।
‘‘सैलीको विषयमा केही कुरा मिलेको छैन, १०÷१५ दिनमा कुरो मिल्छ अनि काम सुरु हुन्छ’’, उनले भने, ‘‘पूरातत्वले पुरानै सैलीमा बन्नुपर्छ भनेको पहिलेदेखी, विज्ञ टोलीले पुरानो स्केच भेटेको छ अब काम सुरु हुन्छ ।’’
पूरातत्वसँग रानीपोखरीको मन्दिर बनाउन १ करोड ६० लाख बजेट छ ।
तर पोखरी बनाउने भनेको महानगरको तयारी कसैलाई थाहा छैन । रानीपोखरी कसरी बनाउँदै छ भन्ने विषयमा जानकारी लिन महानगरलाई सम्पर्क गर्दा प्रवक्ता ज्ञानेन्द्र कार्की र सहप्रवक्ता नमराज ढकाल दुवै सम्पर्कमा आएनन् ।