काठमाडौँमा घर बनाउने नियम खुकुलो बनाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 04:13:17 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले महानगरभित्र घर निर्माण गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने नियम केही खुकुलो बनाएको छ । महानगरको यसअघिको नियम अनुसार एक घरमा दुई वटा विरुवा रोपेको हुनुपर्ने प्रावधान थियो । दुई वटा विरुवा नभई घर निर्माण  सम्पन्न भएको प्रमाणपत्र नपाईने नियम थियो । 

तर, काठमाडौँ महानगरपालिकाले अब भने विरुवा रोप्न पर्याप्त जग्गा नहुने भन्दै गमलामा फलफूलका विरुवा लगाएका घरहरुलाई पनि निर्माण सम्पन्नको प्रमाणपत्र दिने भएको छ । नयाँ व्यवस्था अनुसार महानगरले दुई वटा विरुवा रोप्न नसक्ने घरधनीले कम्तीमा ५ वटा गमलामा विरुवा रोपे निर्माण सम्पन्नको प्रमाणपत्र दिने भएको हो । 

काठमाडौंमा जग्गा थोरै हुन्छ, थोरै जग्गामा पनि घर बनाउनै बर्यो, अनि विरुवा रोप्ने ठाउँ नै नहुने अवस्था आएकाले ५ वटा गमलामा विरुवा रोपेमा नक्सा जाँचपास हुने प्रावधान ल्याएका हौँ’ महानगरका नक्सा विभागका प्रमुख सुरज शाक्यले भने, ‘गमलामा विरुवा रोपेपनि निर्माण सम्पन्न भएको प्रमाणपत्र समेत पाइन्छ । कौसीमा गमला राखेर विरुवा रोप्छु भन्नेहरुलाई सजिलो हुने गरी नियम बनाएका हौँ ।’ 

तर, महानगरले गमलामा कस्ता किसिमका विरुवा रोप्ने भन्ने प्रावधान भने बनाएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved