धरहराको टुप्पोमा राखियो ९५ तोला सुनको जलप लगाईएको गजुर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2021 | 02:07:03 PM मा प्रकाशित

laxmi  sunrise bank

धरहराको नवनिर्माण सकिएको छ । आन २२ तले धरहरामा गजुर राखिएसँगै टावरको सबै काम सकिएको हो । 

राष्ट्रिय पुनर्निर्माणमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले पूजा गरेपछि धरहराको टुप्पोमा गजुर राखिएको हो । गजुरमा सुनको जलप लगाइएको छ । भूकम्पले भत्किएको पहिलाको धरहराको भग्नावशेषबाट निकालिएको २० तोला र पुनःप्राधिकरणले किनेको ७५ तोला गरी ९५ तोला सुन धरहराको गजुरमा जलपको रुपमा प्रयोग गरिएको छ ।

वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्ने कार्यक्रम छ । दोस्रो चरणको कोरोना फैलिने क्रम तीव्र भएकाले सरकारले २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने निर्णय गरेको छ । त्यसैले गर्दा धरहराको उद्घाटन कार्यक्रमका लागि कसैलाई पनि निमन्त्रणा पठाईएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved