यी विशेषता भएको नयाँ धरहरा प्रधानमन्त्रीद्वारा उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2021 | 11:49:36 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७२ बैशाख १२ को महाभूकम्पले ढलेको धरहराको नवनिर्माण सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ११ गते शनिबार यो नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । 

निर्माण सुरु भएको अढाई वर्षको अवधिमा नै निर्माण सम्पन्न भएको धरहरा सर्वसाधारणको लागि भने अगामी माघबाट मात्रै खुल्नेछ । टावरको निर्माण सम्पन्न भएपनि अन्य पूर्वाधार निर्माणको काम भने बाँकी नै भएकाले तत्काल सर्वसाधारणका लागि यो धरहरा खुला गरिने छैन ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा आलीले नै शिलान्यास गरेको धरहरा आज उनै प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

के छन् विशेषता ?

कुल ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा उभिएको धरहरा निर्माणको काम गरिरहेको छ जिआइइटिसी–रमण जेभीले । कुल ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको उचाई गजुरसहित ९२.२५ मिटर छ । 

फलामको भर्याङ, १० जना मानिस अट्ने क्षमतासहितका २ वटा लिफ्ट, २० औँ तल्लामा बार्दली भएको धरहराको २२ औँ तल्लामा शिवलिङ्ग राखिएको छ । 

बगैँचा र अण्डर ग्राउण्ड पार्किङको काम भईरहेको छ । 

टुप्पोमा राखिएको गजुरमा ९५ तोला सुन लेपन गरिएको छ । अपाङमैत्री धरहरामा वृद्धवृद्धाका लागि छुट्टै व्यवस्था गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved