हस्तक्षेप बढेपछी एनसेलका प्रबन्ध निर्देशकले दिए राजिनामा, साझेदारसंगको विवाद बन्यो राजिनामाको अर्को कारण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 25, 2017 | 11:20:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलका प्रवन्ध निर्देशक सिमोन पर्किन्सले राजिनामा दिएका छन्। स्थानीय साझेदारबाट हस्तक्षेप बढेपछि एनसेलका प्रबन्धक पर्किन्सले राजिनामा दिएको खुल्न आएको छ। टेलियासोनेराबाट एक्जियटाले टेकओभर गरेपछि पर्किन्सले एक बर्ष अघि अप्रिल २०१६ देखि प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

स्थानीय साझेदार सतिशलाल आचार्यसंगको विवाद तिब्र रुपमा बढेपछि सिमोन पर्किन्सले राजिनामा दिएको बताएइको छ। एनसेलको लाभकर कसलाई तिराउने भन्ने बिषयबाट सुरु भएको बिबाद जोनल एजेन्ट खोल्ने बिषयसम्म पुगेपछि सिमोंसले राजिनामा दिएको बुझिएको छ।  

यसै साता प्रबन्ध निर्देशक पदबाट राजीनामा दिने तयारीमा रहेका सिमोंस एनसेलको संचालक समितिमा पनि रहेका कारण उनि केहि साता नेपालमै रहने स्रोतले बिजपाटीलाई बताएको छ। सिमोन हिजो सोमबार मात्रै एनसेलको उच्च व्यवस्थापनसंग नयाँ प्रमुख कार्यकारी अधिकृतलाई परिचय गराएका छन। सिमोंसको जिम्मेवारी सम्हालन मलेसियन कम्पनी एक्जियटाले श्रीलंकाली नागरिक पठाएको छ। यद्दपी एनसेलको नयाँ  सीईओ नियुक्तिबारे एक्जियटा र एनसेलले कुनै औपचारिक जानकारी दिएका छैनन।  

स्थानीय साझेदार आचार्यसंगको विवाद राजिनामाको प्रमुख कारण

एनसेल बिक्रिगर्दा नेपाल सरकारलाई तिर्नु पर्ने लाभकर टेलियाबाट तिराउन 'लबिङ' गर्दै आएका आचार्यसंग कुरा नमिलेकाले सिमोंसले राजीनामा दिएको स्रोतले बिजपाटीलाई बताएको छ। आचार्यले टेलियाबाट लाभकर तिराउन प्रधानमन्त्री समक्ष प्रस्ताब लगेकाले मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताबबाट गरिएको निर्णय फिर्ता गरिएको थियो। 

एनसेल बिक्रिमा तिर्नु पर्ने लाभकर तिरेर व्यवसाय सुधार गर्ने पक्षमा रहेका सिमोन्सको योजनामा स्थानीय साझेदार आचार्य तगारो बन्दै आएका थिए। एनसेल कर प्रकरण प्रधानमन्त्री दाहालसमक्ष पुग्नु अघि नै सिमोन्सले कर तिर्ने प्रतिबद्दता जनाएको ठुला करदाता कार्यालय स्रोतले जनाएको छ।  

एनसेल कर प्रकरणले सर्वसाधारण नेपालीहरुमा एनसेल प्रतिको धारणा 'नकारात्मक' बन्दै गएको बिषयबारे सिमोंसले उच्च व्यवस्थापन तथा एक्जियटालाई जानकारी गराउदै आएका थिए। स्थानीय साझेदार आचार्यको योजना अनुरुप सिमोन्सले काम गर्न नसकेकाले आन्तरिक रुपमा सिमित विवाद बाहिर आएको एनसेल कर्मचारी स्रोतले जनाएको छ। 

'स्थानीय साझेदारका रुपमा आचार्य भित्रिएपछि र उनका भाई सचिनलाल आचार्य बोर्ड डाइरेक्टर बने पश्चात एनसेलको हरेक काममा हस्तक्षेप बढ्दै गएको छ' एनसेलका एक कर्मचारीले बताए। टेलिया रहंदासम्म स्वतन्त्र रुपमा काम गर्दै आएका कर्मचारीहरुमा हस्तक्षेप बढेसंगै कर्मचारीहरुले राजिनामा दिने क्रम समेत बढेको बताइएको छ।  

आचार्यले डिलर सञ्जालमाथि जोनल एजेन्ट खडा गरेका छन। यसै कारणले टेलियाले यस अघि देशभरका पाँच वटा डिलरमार्फत काम गर्दै आएका एक सय पाँच वटा डिलरहरु आन्दोलित बनेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved