निर्माण सामग्री अभावले सडक स्तरोन्नति ठप्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 04:42:13 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ ।  कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन् गर्न नपाएको भन्दै निर्माण कम्पनीले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको काम रोकेको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गाबाट जलजला गाउँपालिका ८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक स्तरोन्नति निर्माण सामग्रीको अभावमा बिहीबारदेखि रोकिएको छ । निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीले बेनी–जोमसोम–कोरल्ला सडक आयोजनालाई पत्र लेख्दै काम रोकेको जानकारी दिएको हो । 

कम्पनीले कामदारलाई घर पठाएको छ भने प्रयोग भएका उपकरण साइट अफिसमा थन्काएर बसेको छ । निर्माण सामग्री नहुँदा काम रोक्नुपरेको निर्माण कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताए । 

सडकको धेरै ठाउँमा सबबेस र बेस बिछ्याउने अवस्थामा पुगेको तर क्रसर उद्योगका लागि चाहिने कच्चापदार्थ नदीबाट निकाल्न नदिइएका कारण काम रोक्नु परेको दाहालले दाबी गरे । “सडकका क्षेत्रमा ढुङ्गा नै निस्कँदैन, नजिकै बगेको नदीबाट निकाल्न स्थानीय प्रशासनले दिँदैन”, उनले भने, “सर्वोच्च अदालतलेसमेत निकास नदिएर उल्टै मुद्दा लम्ब््याउने प्रयास भएपछि गाडी र कामदार थन्काएर हिँड्न बाध्य भयौँ ।” 

सडक निर्माण सम्झौताको अवधिमा र वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा समेत निर्माण सामग्री कालीगण्डकी नदीबाट नै उत्खनन गर्ने उल्लेख छ । अहिलेसम्म कालीगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाए पनि महँगोमा किनेर काम गर्दै आएको तर अब कुनै पनि हालतमा काम अघि बढाउन नसक्ने अवस्था भएकाले काम बन्द गर्नुपरेको दाबी निर्माण कम्पनीको छ । 

नदीजन्य पदार्थ नपाएपछि प्रशोधन गर्न स्थापना गरेको अस्थायी क्रसर सञ्चालन भएको छैन । ग्राभेल गर्न आवश्यक पर्ने नदीजन्य पदार्थ नभएपछि सयौँ मजदुर, दर्जनौँ डोजर, टिपर थन्क्याएर राख्नुपरेको उनको गुनासो छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved