अपार्टमेन्ट बनाउने क्रममा घर भासिएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2023 | 02:33:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको बखुण्डोलमा निर्माणाधिन समिट अपार्टमेन्ट बनाउने क्रममा नजिकका घर भासिएका छन् । अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयको भागाभाग भएको छ । 

अहिले स्थानीयहरु त्रसित बनेका छन् । स्थानीयहरुले आफूहरुलाई पूर्व जानकारी नदिई अपार्टमेन्ट बनाउन लागिएको गुनासो गर्दै अहिले घर भासिन थालेपछि आफूहरु बास बस्ने ठाउँ नभएको गुनासो गरेका छन् । 

घरहरु भासिन थालेपछि डेरा गरेर बस्नेहरु सबै भागेका छन् । अपार्टमेन्ट निर्माणको क्रममा घरहरु भासिँदा मानिसहरु शुक्रबार राती भागाभाग गर्दा केही घाइतेसमेत भएका छन्। 

नजिकको सडकसमेत चर्किएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved