कलंकीदेखी बल्खुसम्म भत्काइएको सडकको काम रोकियो, अख्तियारले थाल्यो छानबिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2023 | 09:36:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चीन सरकारले बनाइदिएर करिब ४ वर्ष अगाडी हस्तान्तरण गरेको कोटेश्वर–कलंकी खण्डको बल्खुमा सडक भत्काइएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । चलिरहेको सडक भत्काएर अस्वभाविक मूल्यमा ठेक्का लगाइएको भन्दै चौतर्फी आलोचना भएपछि अख्तियारले छानबिन सुरु गरेको हो ।

सडक विभाग र काठमाडौँ सडक डिभिजनले आवश्यक नभई कमिशन खाने दाउमा चलिरहेको सडकको कालोपत्रे उक्काएको भन्दै अख्तियारले अनुसन्धान सुरु गरेको हो । अख्तियारले सडक विभाग, सडक डिभिजन र चक्रपथ आयोजनालाई अनुसन्धान गरिने भन्दै पत्र नै पठाएर छानबिन नसकिएसम्म सडक निर्माणमा रोक लगाएको छ ।

सडक डिभिजन कार्यलय काठमाडौँका प्रमुख नारायण प्रसाद निहुरेका अनुसार अहिले सडक निर्माणको काम रोकिएको छ । उनले अख्तियारले नमुना संकलन गरेर लगिसकेको जानकारी दिएका छन् । 

बल्खुदेखि कलंकीसम्म सर्भिस लेनको १.७ किलोमिटर खण्डको ‘बेसमेन्ट फेलियर’ भएको भन्दै १३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लगाएर मर्मत थालिएको थियो । यो पैसा विश्व बैंकले दिएको सहायताबाट खर्च गर्न लागिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved