सरकारले खारेज गर्यो ३३ वटा ठेकेदार कम्पनीको लाईसेन्स (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2023 | 08:55:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ३३ वटा ठेकेदार (निर्माण कम्पनी ) को लाईसेन्स खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसाय इजाजतपत्र नविकरण नगरेकोले यी कमपनीको लाईसेन्स खारेज गरेको हो ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले निर्माण व्यवसायीहरुको इजाजतपत्र स्वतः खारज गरेको सूचना आज प्रकाशन गरेको हो । शाखाका अनुसार सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनको लागि मन्त्रालयवाट इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आ.ब.२०७९÷०८० का लागि २०७९ चैत्र मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नविकरण  नगरेकोले सोही ऐनकोदफा ७ कोउपदफा ३ बमोजिम निर्माण व्यवसाय इजाजतपत्रहरु स्वतः खारज गरिएको जनाएको छ ।  

लाईसेन्स खारेज गरिएका मध्ये पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा.लि., क वर्गको निर्माण कम्पनी हो । यसका संचालक दिपक कुमार श्रेष्ठ र दिवश श्रेष्ठ हुन् । त्यस्तै टौदह कन्स्ट्रक्सन ख व्र्स्गको निर्माण कम्पनी हो, जसका संचालक राधाकृष्ण कार्की हुन् । बाँकि कम्पनी भने ग वर्षका हुन् । 

हेर्नुस लाईसेन्स खारेज भएका ३३ कम्पनीको सूची: 

  1. पृथ्वी नेपाल कन्स्ट्रक्सन कम्पनी प्रा.लि., का.म.न.पा – १६, काठमाडा
  2. टौदह कन्स्ट्रक्सन,चाल्नाखेल – ५, काठमाडा
  3. झलक कन्स्ट्रक्सन प्रा.लि., सूर्यविनायक न.पा.– ४, भक्तपुर
  4. वजय निर्माण सेवा, बाडेगाउँ – १, ललितपुर 
  5. शक्ति प्रभाव निर्माण सेवा, धनकुटा न.पा.– ६, धनकुटा
  6. सि.एम. देवान निर्माण सेवा, धरान उ.म.न.पा,.– १२, सुनसरी
  7. पुनम श्री निर्माण सेवा प्रा.लि., विराटनगर मनपा. – ६, मोरङ
  8. नुम्वुर निर्माण सेवा प्रा.लि., का.म.न.पा. –३२, काठमाडौ 
  9. सरस कन्स्ट्रक्सन, सिद्धार्थनगर न.पा. – ६, रुपन्देही
  10. बराह कन्स्ट्रक्सन, धरान उ.प.म.न.पा –१६, सुनसर
  11. न्यू हिमालयन विल्डर्स, काठमाडौ.म.न.पा.,–३२, काठमाडा
  12. न्यु जगत्र देवी निर्माण सेवा, सुनवल न.पा. – ४, नवलपरासी 
  13. ओझा कन्स्ट्रक्सन, हेटौडा उ.म.न.पा.–६, मकवानपुर
  14. मालिका निर्माण सेवा, दैलेख 
  15. यु एस विल्डर्स, नेपालगञ्ज उ.म.न.पा.– २, बाँके
  16. सेरावेशी महादेव निर्माण सेवा प्रा.लि., भिमेश्वर न.पा.(बोच), दोलखा
  17. जोर पोखरी निर्माण सेवा, फिदिम – १, पाँचथर 
  18. शेरा निर्माण सेवा प्रा.लि., घोराही उ.म.न.पा – १५, दाङ्ग
  19. शरशिरे दिमालुङ्ग निर्माण सेवा, सिन्द्राङ्ग – ९, भोजपुर (हाल धरान उमनपा –१८, सुनसरी)
  20. किलिमान्जारो कन्स्ट्रक्सन प्रा.लि., बिदुर न.पा.– ३, नुवाकोट 
  21. कालिका निर्माण सेवा, उत्तरगंगा गा.वि —८, सुर्खेत 
  22. जे.वि. विल्डर्स प्रा.लि., ललितपुर म.न.पा,— १२, ललितपुर 
  23. धमला निर्माण सेवा, विराटनगर—१४, (हाल विराटनगर महानगरपालिका— २,) मोरङ्ग 
  24. ह्याङ्ला फ्याफुल्ला कन्स्ट्रक्सन प्रा.लि., ललितपुर म.न.पा.,—१८, ललितपुर 
  25. जे.पी. एण्ड कन्स्ट्रक्सन, मरभुङ—९, (मालिका गा.पा.) गुल्मी
  26. सुशिल निर्माण सेवा, मलंगवा— ६, सर्लाही
  27. सुरजमल सोनी एण्ड कम्पनी, धरान उ.म.न.पा.—३, सुनसरी
  28. बिरौटा कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रा.लि., पोखरा म.न.पा—१७, कास्की
  29. महालक्ष्मी निर्माण सेवा, इटहरी उ.म.न.पा. – ७, सुनसरी
  30. वश्व निर्माण सेवा प्रा.लि., रामघाट—५, सुर्खेत 
  31. जुपिटर हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सन प्रा.लि., किर्तिपुर न.पा.—२, काठमाडा
  32. युवराज कन्स्ट्रक्सन प्रा.लि.,काठमाडौ म.न.पा, गंगब,ु काठमाडौ 
  33. नरेश निर्माण कम्पनी सेवा,नेपालगंज उ.म.न.पा.— १, बाँके 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved