'सम्झौता पालना नगर्ने कुलमान, गाली खाने हामी'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 02:54:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले काठमाडौँको विभिन्न क्षेत्रको सडक खाल्डा परेको छ । बनाएका पनि तुरुन्तै विग्रिएका छन् । विगार्ने अन्य निकाय भए पनि सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयले गाली खाइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । 

'हाइवेको काम त्यस्तो भएको छ भने हामी तत्कालै सुधार गर्छौ, विगार्ने को हो त्यसलाई कारबाही पनि गर्छौँ तर, काठमाडौँ जस्तो शहरको हकमा हामीलाई सहानुभूति चाहिएको छ, विग्रने पनि हाम्रै, अनि गाली खाने पनि हामी नै । काठमाडौँका सडकमा खाल्डाखुल्डी पर्नु, ढल फुटेर हिलाम्मे हुँदा हामीलाई गाली होइन, साँच्चै सहानुभूति दिनुहोस्', सचिव शर्माले बिजपाटीसँगको कुराकानीमा भने । 

उनले थपे, 'सडक विभागले चिल्लो बनाएको हुन्छ, अर्को निकायले आएर खनिदिन्छ, अर्को निकायको पाइप फुट्छ, अनि सडक विग्रिन्छ, अनि सडक विभागले नै गाली खानु परेको छ, विद्युत प्राधिकरणले तार पुर्न खन्दा पनि गाली हाम्रै मातहतको निकायले गाली खानु परेको छ, विद्युत प्राधिकरणले हरेक दुईदुई सय मिटरमा खन्ने भनेर अनुमति मागेको हो । कुलमान जी र मैले नै एमओयू गरेका हौँ,अहिले खुईंखुईं सबैतिर खनिएको छ ।'

सचिव शर्माका अनुसार त्यतिबेला कुलमान घिसिङले खनेको ७ दिनभित्र पीच गर्न सक्नुभएन भने पीसीसी गरिदिनुपर्छ भनिएको थियो । त्यो कुरा एमओयूमै उल्लेख छ । आफूले काठमाडौँमा होरिजेन्टल ग्रिल गर्नलाई सडकमुनि भएका पाइपहरुले समस्या होला नी भनेको सोधेको पनि उनले बताए । 'कुलमान जी आफैँले हामीसँग बकाइदा एक्सरे छ सर, कुनै समस्या पर्दैन भन्नुभयो, शंका त हामीले त्यतिबेलै व्यक्त गरेका हौँ, तर, अहिले के भन्नुहुन्छ भने, अब गर्न सकिएन भनेर हरेक १०/१० मिटरमा खन्नुभएको छ, बाटो यसरी जथाभावी नभत्काऔँ भनेर रोक्यो भने सहर सौन्दर्यकरणका लागि सडक विभागले काम गर्न दिएन भनेर हल्लाखल्ला हुन्छ', उनले दुखेसो पोख्दै भने ।

उनले सडक अवलोकन गरिदिन पनि अनुरोध गरेका छन् । सडक विभागको जिम्मामा रहेका निर्माण भइसकेका सडकमध्ये ९९ प्रतिशतमा ‘पर्डल’ छैन । पर्डल भनेको ठाउँ ठाउँमा खाल्डा हुनु हो । कहीँ कतै छ भने अर्को निकायले खनिदिएका कारण समस्या भएको उनको दावी छ । 'अनि गाली हामीले खाइरहेका छौँ', उनले भने ।

४ वर्ष भो काम सकिएन, झमेला आइरहेः प्राधिकरण प्रवक्ता सुरेश भट्टराई

हामीले सडक विभागसँग मुख्य सडकमा तार विछ्याउनका लागि खन्नुपर्ने भन्दै अनुमति मागेको २ वर्ष वित्न लाग्यो, अहिलेसम्म विभागले सडक खन्ने अनुमति नदिँदा आयोजनाको म्याद नै धकेल्नुपर्ने अवस्था आएको छ ।

प्राधिकरणले सहायक सडकमार्ग हुँदै तार भूमिगत गर्नुपरिरहेको छ । यस्ता स्थानाहरुका घरघरमा तार पुर्याउने काम पनि अघि बढेको छ । रत्नपार्क वरपर, माईतिघरदेखि तिनकुनेसम्म, एयरपोर्ट आसपार र सिंहदरबार छेउछाउ सडक खन्न पाएका छैनौँ । 

तार भूमिगत सम्पन्न भइसकेका स्थानमा सडक पुर्ने र पीच गर्ने कुरामा केही ढिलाई हुन गएको छ । तर, काम नै नगरेको भन्ने होइन । लागत बढी लाग्ने भएकाले सम्झौताबमोजिम भनेकै समयमा सडक पुर्न सकिएको छैन । खास कुनै एक खण्डको सडक खनेर तार तानेर पुर्न र सफा गर्न १ महिनादेखि ४५ दिनसम्म लाग्दो रहेछ । खनेको सडकमा पिसीसी गर्नुपर्ने भएकाले केही लागत पनि बढी लाग्छ, त्यसको टुंगो लाग्नै बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved