बोइङ खरिद गर्न सात कम्पनीको आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 11:00:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बोइङ ७५७–२०० विमान खरीदका लागि सात वटा कम्पनीले आवेदन दिएका छन् । बोइङ विक्रीका लागि निगमले गरेको तेस्रो पटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन् । निगमको विमान लीलाम विक्रीका लागि तेस्रो पटक गत साउन ५ गते एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको थियो । लामो समयसम्म कुनै आवेदन नपरेपछि निगमले यो पटक विमान कम्पनीबाहेक एजेण्ट कम्पनीले पनि आवेदन दिनसक्ने भनेर सूचना जारी गरेअनुरुप सात कम्पनीले आवेदन दिएको निगमले जनाएको छ ।

कम्पनीले निगमलाई सम्पर्क गर्ने म्याद बिहिबार सकिएको र आवेदन दिएका सात कम्पनीमध्ये एक कम्पनी छिट्टै छनोट हुने निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए ।  ‘आवेदन दिएका कम्पनीमध्ये एक÷दुई दिनभित्रै छनोट गरी लीलाम प्रक्रिया अघि बढाइनेछ’– उनले भने । निगमका अनुसार आवेदन दिने सातमध्ये दुई अन्तर्राष्ट्रिय कम्पनी छन् । आवेदन दिने अन्तर्राष्ट्रिय कम्पनी अमेरिकाको फ्लोरिडास्थित एभिएसन सिस्टम इकर्पोरेशन र इजरायलको एपिएस एअरपाटर््स सर्भिसेज एण्ड सप्लाइज छन् ।

स्वदेशी कम्पनी तथा व्यक्तिमा हिमालय एभिएसन कन्सल्ट्यान्ट तिलगंगा, टिबीआइए ग्रुप नेपाल गैह्रीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँ बानेश्वर रहेका छन् । उक्त बोइङ दुई वर्षदेखि ग्राउण्डेड थियो । सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको यो विमान अहिलेसम्म ८६ हजार ४१० घण्टा उडेको छ ।  निगमको अर्को बोइङ कलसाइन ९ एनएसिबी मर्मतका लागि दुई साताअघि सिंगापुर लगिएको थियो । अब, निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयरबस ए ३२० छन् । निगमले आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved