नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अमेरिका इच्छुक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2017 | 04:38:24 PM मा प्रकाशित

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अमेरिकाले इच्छा व्यक्त गरेको छ। अमेरिकी कार्यबाहक राजदूत मिचेल सी गोञ्जालेजले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई भेटी आफ्नो देश नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको बताएका छन।

भेटमा राजदूत गोञ्जालेजले अपर कर्णाली परियोजना र अरुण तेस्रो परियोजनाको बारेमा पनि चासो व्यक्त गरेका थिए । उनले यी परियोजनाहरू अहिलेसम्म बन्न नसक्नुको कारणबारे ऊर्जा मन्त्री शाहीसँग जिज्ञासा राखे । जवाफमा ऊर्जामन्त्री शाहीले नेपालमा झोलामा खोला बोकेर दलाल र माफियाहरुले काम नगरिरहेकाले यस्ता समस्याहरू सृजना भएको बताए ।

उनले अपर कर्णाली र अरुण तेस्रो परियोजना जस्ता आयोजनाहरू समयमै सञ्चालन गर्न नसक्नुमा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको भन्दै उनीहरूले समयमै काम सञ्चालन गर्न नसक्ने हुन भने सम्झौता रद्ध गर्ने तयारी गरिएको बताए। ऊजामन्त्री शाहीले समयमै काम नगर्ने कम्पनीहरूसंँग एकपटक छलफल गरी समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनीको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने बताए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved