'लकडाउनले दुई पाङ्ग्रे र निजि सवारीको आवश्यकता र महत्त्व बुझायो'

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 02, 2020 | 09:01:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण अटोमोबाइल्स व्यवसाय संकटमा पर्यो । असार १ गतेबाट लकडाउन परिणत भएको छ । साउन ७ सम्म लुजडाउन कायम नै राख्ने सरकारी निर्णय छ ।

हरेक वर्ष भदौ महिनामा अटो व्यवसायको प्रचार, विभिन्न कम्पनीका दुईपांग्रे तथा चारपांग्रे सवारीको बुकिङका लागि ‘नाडा अटो शो’ आयोजना हुँदै आएको थियो । यस वर्ष भने कोभिड–१९ कारण अटो शो नहुने लगभग निश्चित छ ।

लकडाउनले खस्किएको व्यवसाय, अटो शो नहुने पक्कापक्की र बिक्रेताहरु ग्राहककासामू खुलेर व्यवसायीक प्रचार गर्न नसकिरहेको वर्तमान अवस्थामा व्यवसाय टिकाउन व्यवसायीहरु रणनीतिक योजनामा जुटेका छन् । लकडाउनका कारण सार्वजनिक सवारीका साधन नचल्दा अत्यावश्यक काममा समेत मानिसहरु निस्कन सकेनन् । यसले नीजि सवारी साधनको आवश्यकता थप महशुस भएको व्यवसायीहरुको भनाई छ।

बजेट अगाडि हुने व्यापार यसपाली शून्य

विगत वर्षहरुमा बैशाखदेखि जेठको दोस्रो हप्ताभित्र धेरै व्यापार हुने गथ्र्यो । तर,यसवर्ष भने लकडाउनका कारण व्यवसाय ठप्प नै भयो । संविधान बनेपछि हरेक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने प्रावधान रहेका कारण बजेट मार्फत सरकारले गाडीको भन्सार शुल्क बढाउने अनुमान गरेर व्यवसायीले पनि बजेटअघि नै गाडी, मोटरसाइकल तथा स्पेयर पार्टस्को आयात बढाउने र ग्राहकले पनि बजेट अघि किन्ने गर्थे ।

तर व्यवसायीले भने यो अवधिमा हुने व्यापारलाई सामान्य रुपमा लिँदै आएका थिए । तीजपछि भने चाडवाडको लहर सुरु हुने र दशैँ तिहारमा सवारीको व्यापार बढ्ने गरेको थियो । फोर्डको लागि नेपालको आधिकारिक वितरक जिओ अटो मोवाइल्सका म्यानेजिङ डाइरेक्टर आकाश गोल्छाका अनुसार यस वर्षको व्यापारिक सिजन भने आउनै बाँकी छ ।

‘सिजन आउन बाँकी छ’ उनले भने, ‘सिजन आएपनि गत वर्षहरुमा जस्तो व्यापार होला भन्ने अपेक्षा छैन । तर, लकडाउनले नीजि गाडीको आवश्यकता महशुस गराएका कारण कोभिडको अवस्था सामान्य बन्दै गयो भने दशैँ तिहारमा बिक्रि बढ्छ कि भन्ने हाम्रो अनुमान छ ।’ 

लकडाउनको स्वरुप फेरिँदा पनि सामान्य व्यापार

असार १ गतेदेखि लकडाउनको स्वरुप फेरिएको छ । व्यवसायीले सोरुम खोल्न थालेका छन् । तर व्यापार भने विगत वर्षहरुको तुलनामा ७० प्रतिशतले घटेको छ । गुमेको बजार उकास्न अटोमोबाइल्स व्यवसायीहरुले ग्राहकलाई गाडी खरिद गर्न प्रोत्साहन गर्ने खालका व्यवसायिक रणनीति अपनाइ रहेका छन् । किन्ने र बेच्ने दुबैलाई असहज परिस्थिती भएका कारण व्यापार हुन नपाएपनि अहिले सास्ती भोग्नु परेका व्यक्तिहरुले दुईपांग्रे तथा चारपांग्रे सवारी किन्ने मनस्थिति बनाएको नाडाका पदाधिकारीहरुको दाबी छ । 

फोर्डको लागि नेपालको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर गोल्छा पनि सोरुम खुल्लै रहेको र सामान्य भएपनि व्यापार भईरहेको बताउँछन् । उनकाअनुसार अवस्था सामान्य हुँदै गएको खण्डमा चाडपर्व लक्षित स्किम ल्याउने योजना पनि कम्पनीले बनाएको छ । 

‘सिचुएसन हेरेर हामी स्किम ल्याउने योजनामा छौँ’ गोल्छाले भने, ‘अटो शो हुँदा सजिलो हुन्थ्यो, यसपाली केही असजिलो त हुन्छ नै, तैपनि हामी स्किम ल्याउने प्लानमा भने छौँ ।’ 

अटो शो नहुँदैमा बिक्रि घटिहाल्छ भन्ने चाँही नहुने गोल्छाको भनाई छ । तर आर्थिक गतिविधि नहुँदा आम्दानी नै घटेका कारण सरकारले ५० प्रतिशतको क्याप हटाउनुपर्ने आफूहरुको माग रहेको उनले बताए । गाडीको मूल्यको ५० प्रतिशतसम्म मात्रै कर्जा दिने व्यवस्था पुनरावलोकन गरी ९० प्रतिशत पुर्याए किन्ने र बेच्ने दुवैलाई सजिलो हुने उनको दाबी छ ।

सिप्रदी ट्रेडिङ प्रा.लि. का दिवशबाबु सुवेदी पनि लकडाउनका कारण ग्राहककोमा जान नसकिएको बताउँछन् । ‘ग्राहकसँग कुरा गर्दै सञ्चो बिसञ्चोबाट कुरा सुरु गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘गाडी, ट्रकको विशेषताका बारेमा बताएर किन्नका लागि कन्भिन्स गराउनै अफ्ठ्यारो अवस्था छ ।’ 

केहीदिन अघिमात्रै नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल नेतृत्वको टोलीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव दिँदै सवारी कर्जामा ५० प्रतिशतको क्याप हटाएर कर्जा सीमा तोक्ने अधिकार बैंकलाई दिन माग गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved