हाउजे बाइकको सातौ शो रुम चाबहिलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 10:05:13 AM मा प्रकाशित

laxmi  sunrise bank

हाउजे बाइकको सातौ शो रुम चाबहिलमा खुल्ने भएको छ। आगामी शुक्रबार चाबहिलको होटेल हयात अगाडी बाइक पस प्रा लि नामक नया शोरुम संचालनमा ल्याईने कम्पनीले  जनाएको हो ।

कम्पनीका अनुआ शो रुमहरु कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा, तथा टेकु र नयाँ बजारमा पनि हाउजेको सोरुम छ । उपत्यका वाहिर चितवनहेटौडा र संखुवासभामा सोरुम खोलि सकेको कम्पनीले जनाएको छ ।  

कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको हो। हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ ।  एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि उपयुक्त रहेको यस बाइकको मूल्य ३ लाख ९५ हजार रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ। 

कम्पनीका अनुसार रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध हुनेछ ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको र यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved