हुन्डाईले विद्युतीय गाडी निशुल्क चार्ज गरिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2021 | 06:30:57 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा लाग्ने बताएको छ । अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखिएकोले यसको विकास र विस्तारमा लाग्ने बताएको हो ।  

नेपालमा, हुन्डाईसँग हाल इलेक्ट्रिक सवारीमा KONA / IONIQ नामक दुई मोडलहरू छन् । बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाइ नेपाली अटो उत्साहीहरूले सकारात्मक समीक्षाका साथ स्वागत गरेका थिए र यी अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू भएको हुन्डाईने जनाएको छ । नेपालमा विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखिएकोले आफ्नो ईभी गाडीहरुको विक्री समेत बढ्नेमा आफहरु विश्वस्त रहेको हुन्डाईले बताएको छ ।

लक्ष्मी इन्टरकन्टिनेंटल प्रा. लि. ले आफ्नो ईभी बेच्नमा मात्र केन्द्रित नभै इभी गाडीहरुका लागि अत्यन्तै जरुरी  चार्जिङ स्टेशनहरूको स्थापनामा पनि ठूलो लगानी गरिरहेको बताएको छ । हुन्डाईले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पाइन्टसहरुको स्थापना गरेको जनाएको छ । यी चार्जिङ पोइन्टसहरुमा हुन्डाई गाडीका उपभोक्ताहरुलाई निःशुल्क सवार साधन चार्ज गर्न प्राथमिकता हुने र अन्य ब्राण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँ अनुसार फरक फरक हुन सक्ने बताएको छ ।  

विश्वभरीमात्र नभई नेपालमा पनि ग्राहकहरु वातावरण बारे सचेत भएका र उनीहरुले वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहने भएकोले इलेक्ट्रिक सवारी प्रयोग गरी वातारण संरक्षणमा सहयोग गर्ने हुन्डाईको विश्वास छ ।

सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८/७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतिय गाडीहरुको शुल्क पनि घटेको जनाईएको छ । यसले उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास रहेको छ । 

हाल Hyundai KONA -100 kW battery को मूल्य रु ५६.९६ लाख, Kona -150 kW battery को मूल्य रु ७१.९६ लाख र IONIQ -100 Kw battery को मूल्य रु ५७.९६ लाख रहेको छ ।

ईभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई नजरमा राख्दै कम्पनीले ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बताएको छ । 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved