निसानको पहिलो विद्युतीय कार ‘लिफ’ को बुकिङ भोलीबाट, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 02:54:58 PM मा प्रकाशित

laxmi  sunrise bank

निसानको पहिलो विद्युतीय कारको मूल्य बुधबार सार्वजनिक हुने भएको छ । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निसानको पहिलो विद्युतीय कार लिफको मूल्य बुधबार घोषणा गर्न लागेको हो ।

बुधबारबाटै बुकिङ खुला गरिने कम्पनीले जनाएको छ । एस र एसभीगरी २ भेरियन्टमा उपलब्ध हुने विद्युतीय कार लिफमा ४० किलोवाट आवरको व्याट्री र ११० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान रहेको बताईन्छ ।

एक पटकको फुल चार्जमा ३६३ किलोमिटर कुद्ने कम्पनीको दाबी छ । कारमा उपलब्ध व्याट्रीलाई घरायसी विद्युतबाट ३ किलोवाट क्षमताको एसी चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १६ घण्टा लाग्छ । तर, ६ किलोवाट इामताको एसीको चार्जरबाट चार्ज गर्दा ८ घण्टामा फुलचार्ज हुन्छ ।

कम्पनीले भोली बुधबार औपचारि रुपमा मूल्य तोक्ने र बुकिङ खोलेको घोषणा गर्ने भएपनि यसको मूल्य ६० लाखको पेरीफेरीमा रहने बताईन्छ ।

अन्तराष्ट्रिय बजारमा सन् २०१० देखि नै विक्री हुँदै लिफ हालसम्म ४ लाख ४० हजार युनिट बिक्रि भईसकेको उत्पादकको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved