करण चौधरीद्वारा नाडाको अध्यक्षमा उम्मेद्वारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2021 | 05:22:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडाको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । भदौमा हुने नाडाको अधिवेशनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका चौधरीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

नाडा सातै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई संस्थागत रुपमा दरिलो बनाउने उद्देश्यका साथ आफूले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको चौधरीको भनाई छ । 

‘अटोमोवाइल क्षेत्र भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजि क्षेत्रमा ठूलो रोजगार प्रदान गर्ने व्यवसाय हो’ उनले भने, ‘सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गने वातावरण बनाउन सरकारको नितिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्न मैले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेको हुँ ।’

कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यसको पुनरुत्थान सँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको पनि बताएका छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved