सिप्रदी र शिखर ईन्स्योरेन्सबीच अटो प्लस सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 06:47:31 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर इन्स्योरेन्सबीच अटो प्लसमा सम्झौता भएको छ । सम्झौतामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को तर्फबाट उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् । 

यस अटो प्लसमा सम्झौतामा टाटा मोर्टर्सद्वारा उत्पादित गाडीहरु टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुनेछ । साथै यो स्कीम ब्यापक मोटर बिमा पोलिसीमा मात्र लागु हुनेछ । जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३ हजार र टाटा एस टाटा इन्ट्राका लागि भाडादर १५ सय प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगाएतका फाईदाहरु रहेका छन् । 

यो योजनामा सहभागी हुन ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफुलाई पायक पर्ने नेपाल कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved