नेपाल भित्रिँदै चाङ्गन अटोग्रुप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2021 | 02:59:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली बजारमा चाङ्गन अटोग्रुप प्रवेश गर्ने भएको छ । एमएडब्ल्यु वृद्धि अटोकर्पले चिनियाँ कम्पनी चाङ्गन अटोलाई नेपाल भित्र्याउने भएको हो । 

चाङ्गन ब्रान्डका प्यासेन्जर गाडीहरू २०२१ मा चीनमा सबैभन्दा बढी बिक्री भएका थिए । २०२० मा ६० देशमा यो ब्रान्डका २० लाख गाडी बिक्री भएका थिए । 

नेपालमा एमएडब्ल्यु स्कोडा, जीप,  जेसिबी, यामाहा, फोटोन र एमएएन ब्रान्डको आधिकारिक वितरक हो। एमएडब्ल्युका अध्यक्ष विष्णु अग्रवालले चिनियाँ ब्राण्ड चाङ्गनले पनि नेपालमा राम्रो बजार पाउने विश्वास व्यक्त गरे । 

चाङ्गन अटो ग्रुपका उप–महाप्रबन्धक देङ्गले चाङ्गन ब्राण्डले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर गाडी भित्र्याउने बताए । 

कम्पनीका अनुसार पहिलो चरणमा चाङ्गन अटोको सेडान, पिकअप र एसयुभी गाडी सार्वजनिक हुनेछन् भने दोस्रो चरणमा विद्युतीय गाडीहरू सार्वजनिक हुनेछन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved