जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2021 | 05:00:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा.लि. ले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको शोरूम खोलेको छ । यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगञ्जमा पनि जावाको शोरुम खुलेको छ । 

अग्नि मोटोइन्क प्रा.लिका महाप्रबन्धक शरद मिश्रले शोरूम उद्घाटनका क्रममा “हाम्रा सबै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरूमा अधिकतम सुविधाजनक र किफायती पहुँचसहित थप लाभ पु¥याउने उद्देश्य राखेर पूर्ण रूपले सञ्चालित सुसज्जित सेवा केन्द्रसहित यो नयाँ जावा शोरूम स्थापना गरिएको हो” भने ।

कम्पनीका अनुसार अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न सक्नेछन् तथा नेपालगञ्जको केन्द्र र वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’को लागि पहुँच प्राप्त गर्न सक्नेछन् ।

नेपाली बजारमा अग्नि मोटो इंक बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा उपलब्ध भइसकेको छ ।

जावा मोटरसाइकलको बारेमा

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो, जुन आफ्नो १२० भन्दा बढी देशहरूमा क्लासिक, राम्रोसँग ईन्जिनियरिङ गरिएको र भिन्न स्वरूपका मोटरसाइकल निर्यात गरिएको थियो । यो सन् १९६० को प्रारम्भिक दशकमा भारतीय बजारमा प्रवेश गरेको थियो । जावा मोटरसाइकलको दोहोरो विशेषताहरू यसको सुन्दर डिजाइन र बलियो प्रदर्शनले यसले प्रयोगकर्ताहरूका मन सहित विश्वका थुपै उपाधि पनि जितेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved