अर्थमन्त्रीलाई भेटेर नाडाले सोध्यो, ‘२ तिहाईको सख्यामा बिक्री हुने बाइकको मूल्य किन बढाएको ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 06:07:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री शर्मासँग भेटी प्रतिस्थापन बजेटले अटोमोबाइल्स क्षेत्रमा पारेको प्रभाव बारे छलफल गरेको छ । 

छलफलमा उपाध्यक्ष चौधरीले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताए । उनले एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ्ग हो, सरकारले त्यसको स्पष्ट वर्गिकरण गर्नुपर्ने बताएका छन् । 

चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने बताउँदै सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने सुझाव पनि दिए । नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनुपर्ने चौधरीको भनाई छ ।

सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसि सम्मका मोटरसाइकलहरु दुई तिहाईको सख्यामा विक्री हुने बताउदै अहिलेको सेगमेण्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताउदै सरकारले गरेको बर्तमान सेगमेण्टलाई पहिले कै अवस्थामा ल्याउँदा सबैलाई सहज हुने बताए ।

दुगड ब्रदर्श एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सिसि भन्दा माथीका मोटरसाइकललाई हेभी सवारी साधन मानेको तर नेपालको पहाडी धरातलीय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सिसिका मोटरसाइकल आवश्यक पर्ने बताए । 

अर्थमन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरुपका नीतिहरु ल्याइएको दाबी गरेका छन् । उद्योग व्यवसायक्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पूनरावलोकन आयोग समेत गठन गर्न लागेको जानकारी गराउँदै उनलेसरकारबाट कंहा कंहा कमजोरी भए त्यसको समेत समाधान गरिने बताएका छन् ।

छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल, एम ए डब्लु इण्टरप्राइजेजबाट राजु श्रेत्री, एस.एल.आर टेक्नो ट्रेडबाट सुगम घिमिरे समेतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved