जोन डीयरले ल्यायो अत्याधुनिक प्रविधिको ५०एचपी ट्रयाक्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 04:28:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि. ले ५० एचपी फोर हवील ड्राइभ नयाँ ट्रयाक्टर ल्याएको छ । कम्पनीले जोन डीयरको दशौं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तामाझ ल्याएको हो । 

जोन डियरका विक्री तथा मार्केटिङ्ग निर्देशक सत्यन शाहले हाम्रो किसान उपभोक्ता तथा नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाईल्स प्रा.लि.संगको लामो सहयात्रामा एकदमै ऐतिहासिक क्षण भएको बताएका छन् । ट्रयाक्टरको विशेषता तथा उपभोक्ता मैत्री सेवाले नै सफलता हात लागेको उनको भनाई छ ।

डीयर एण्ड कम्पनी, संसारमै अत्याधुनिक प्रविधियुक्त वस्तु उत्पादन गर्ने कम्पनीको रुपमा परिचित छ । सन् १८३७ देखि नै जोन डीयरले उत्कृष्ट विशेषतायुक्त नविनतम वस्तुहरु (खेतीपाती तथा कन्सट्रक्सन क्षेत्रका लागि) विश्व बजारमा ल्याउदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved