नाडा इभि एक्सपोमा ५१ वटा स्टल, अग्रिम टिकट बुक गर्दा २५ प्रतिशत क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 02:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आउँदो असोज ६ गते देखि ९ गतेसम्म भृकुटी मण्डपमा हुने नाडा इभि एक्सपो २०२२ मा ५१ वटा स्टल रहने भएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक आयोजना हुन लागेको नाडा इभि एक्सपोमा साना र ठूला गरि ५१ वटा स्टल तथा ब्लक रहने नाडाले जनाएको हो ।

नाडाका अनुसार एक्स्पोमा ७ वटा ब्राण्ड चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा बाण्डका दुई पांग्रे, ३ वटा ग्राण्डका टायर, २ वटा बाण्डका ब्याट्री, ९ वटा पार्ट-पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने छ।

नेपाली महान चाड-पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने आयोजकले जनाएको छ। त्यस्तै बर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।

नाडाका अनुसार एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विकिपछिका सेवा एवं इन्सुरेन्सका खुट्टाछट्टै स्टलहरु रहने छन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताकालागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड-भाड कम गर्न एवं आगन्तकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको नाडाले जनाएको छ । नाडाका अनुसार आज देखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती एप द्वारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ।

४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४०,००० आगन्तकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved