ईलेक्ट्रिक गाडीको प्रदर्शनीमा वातावरण मन्त्रीकै असहयोग, लोगो पनि राख्न नदिएको नाडाको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2022 | 04:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले असोज ६ देखि ९ गतेसम्म आयोजना गर्न लागेको ‘ईभी एक्स्पो’ (ईलेक्ट्रिक गाडीको प्रदर्शनी) मा वन तथा वातावरण मन्त्रालयले नै असहयोग गरेको आयोजकले गुनासो गरेको छ । 

एक्सपो बारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष अध्यक्ष ध्रुव थापाले ईभी एक्सपो ईलेक्ट्रिक सवारीप्रति आकर्षण बढाउनका लागि आयोजना गर्न लागिएको र यो वातावरणीय हिसाबले सर्व स्वीकार्य हुनुपर्ने भएपनि वातावरण मन्त्रालयले मन्त्रालयको लोगो समेत राख्न नदिएको गुनासो गरे । 

‘विद्युतीय गाडीको प्रयोग बढाउन, यसप्रति आकर्षण बढाउन हामीले नेपालमै पहिलो पटक ईभी एक्सपो आयोजना गर्न लागेका छौँ, ईभी भनेको वातावरणमैत्री हो, नेपालकै बिजुली खपत हुने हो, सबै हिसाबले यो प्रभावकारी छ भन्ने सन्देश दिन लागिरहेका छौँ’ अध्यक्ष थापाले भने, ‘विश्वभरी नै अहिले ईभीलाई प्राथमिकतामा राखिएको छ । तर, ईभीलाई सबैभन्दा बढी स्वागत गर्नुपर्ने देशमै प्राइभेट सेक्टरले ईभी एक्स्पो आयोजना गर्दा मन्त्रालय र मन्त्रीको सहयोग नपाउँदा आश्चर्य लागेको छ ।’

अध्यक्ष थापाले प्रधानमन्त्री कार्यालय, स्वयम् प्रधानमन्त्री, अर्थमन्त्री, उर्जा मन्त्री लगायतले नेपाली बिजुली खपत हुने र डिजेल पेट्रोलको आयातवापत बाहिरिने नेपाली मुद्राको सञ्चिती बढाउन ईलेक्टिङ भेहिकलको एक्सपो आयोजना गर्न लागेकोमा खुशी व्यक्त गरेको भएपनि वातावरण मन्त्रालयले भने आफूहरुको अपेक्षा अनुसार सहयोग नगरेको अध्यक्ष थापाले गुनासो गरे ।

पत्रकारले वातावरण मन्त्री प्रदीप यादवले केही दिन अघि नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा यहीँ हप्ता कमर्सियल सवारीमा यूरो ६ मापदण्ड लागू गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय हुने कुरा उल्लेख गरेको र यसबारे नाडाको धारणा के हो भन्ने प्रश्नमा अध्यक्ष थापाले नाडा यूरो ६ लागू हुनु हुँदैन भन्ने पक्षमा नरहेको तर, कम्तीमा २ वर्ष समय दिनुपर्ने बताए । 

‘यूरो ६ का गाडी बिग्रिए भने ल्यापटपबाट कुन इन्जिन के भयो भनेर हेर्नुपर्ने हुन्छ, तर यसका लागि अहिले ९५ प्रतिशत वर्कसपहरु तयार छैनन्’ थापाले थपे, ‘हामी प्रशिक्षण दिइरहेका छौँ, त्यसैले हामीले समय माग गरेका हौँ । अहिले यूरो ३ बाट ४ मा जाऔँ, ४ मा गएपछि मात्रै ६ मा जाऔँ ।’ 

उनले अर्थतन्त्र समस्यामा रहेको बेला कमर्सियल सवारीमा यूरो–६ लागु हुँदा त्यस्ता सवारीको मूल्य ३० प्रतिशत बढ्ने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved