दशैँमा गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 03:04:13 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा सवारी साधनको बिक्रि करिब करिब शून्य भइरहेको अवस्थामा पनि व्यवसायीहरुले दशैँ तिहारको अफर ल्याउन थालेका छन् । एकातिर गाडी आयातमा प्रतिबन्ध लागेको र अर्कोतिर स्टक पनि सकिएको अवस्थामा बुकिङ लिन सकिन्छ की भनेर गाडी आयातकर्ताहरुले चाडपर्व अफर सार्वजनिक गरेका हुन् ।

२०७८ पौषबाट विदेशी मुद्राको सञ्चितीमा दबाब परेको भन्दै गाडीको आयातका लागि खोलिने प्रतितत्रप (एलसी)मा कडाइ गरेको सरकारले नयाँ साल लागेपछि आयात नै बन्द गर्यो । सुरुमा असार मसान्तसम्म कायम रहेको गाडीको आयात प्रतिबन्ध साउन १ बाट पुनः भदौ १४ सम्म लम्बियो । भदौ १५ बाट बैशाख अघि एलसी खोलिएकालाई आयात गर्न दिने र नयाँ एलसी भने नखोल्ने गरी आयात प्रतिबन्धलाई निरन्तरता दिईएको छ ।

बजारमा अहिले व्यवसायिक सवारी साधन र केही विद्युतीय कारहरु मात्रै उपलब्ध भएको अवस्थामा पनि व्यवसायीहरुले अफर भने ल्याएका छन् । 

यस्तो छ व्यवसायीको भनाइ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले दशैँ तिहारको बजार केही कमर्सियल र केही विद्युतीय सवारीले धान्नुपर्ने समस्या रहेको बताउँछन् । उनका अनुसार राजस्व लक्ष्यमै नकारात्मक असर पर्ने गरी सरकारले ‘चेन’ नै बिगार्ने गरी आयातमा प्रतिबन्ध लगाउँदा यसको असर अटो उद्योगले ब्यहोरिरहनु परेको उनको भनाइ छ ।

‘गाडीको अयात प्रतिबन्ध लगाउँदा दशैँ तिहारमा प्यासेन्जर गाडी उपलब्ध हुने अवस्था नै छैन, यसपाली कमर्सियल र इलेक्ट्रिक भेहिकलले धान्नुपर्ने छ’ उनले भने । 

नेपाली बजारमा अहिले विद्युतीय गाडीको माग बढिरहेको भएपनि उत्पादक कम्पनीहरुले नै माग अनुसार पठाउन नसकेको उनको भनाइ  । ढुवानीका ठूला साधन, पिकअप भ्यान र बस लगायतका कमर्सियल गाडीको पनि खासै ठूलो माग छैन ।

यस्ता छन् अफर

बजारमा गाडी नभए पनि व्यवसायिक र इलेक्ट्रिक भेहिकल बिक्रि गर्दै आएका टाटा, फोर्स, चांगन र ग्रेटवाल मोटर्सले चाडपर्व अफर भने सार्वजनिक गरेका छन् । 

प्यासेन्जर भेहिकल बिक्रि गर्ने फक्सवागन, चेरी, जीडब्लुएम लगायतले दशैँ तिहार अफर सार्वजनिक गरेका छन् । 

टाटा ‘दशैँमा द–सही अफर’

नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले ‘दशैँमा द–सही अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टाटा मोटर्सका कमर्सियल गाडी खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार जित्न सकिने छ । 

यो अफरमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र ७० प्रतिशतसम्म फाइनान्सको सुविधा पनि छ । 

फोर्स मोटर्सः ‘भरमार उपहारको वर्षा’

फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले ‘भरमार उपहारको वर्षा’ नामक चाडपर्व अफर ल्याएको छ ।

अफर अन्तर्गत नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरु पाइने कम्पनीले जनाइको छ । 

चांगन: ‘दशैँ डिलाइट अफर’

चांगन अटोले दशैँ र तिहारको अवसरमा ‘दशैँ डिलाइट अफर’ ल्याएको छ । 

यो अफर अन्तर्गत ग्राहकहरुले चांगनका हन्टर र एल्सभिन गाडी १५ र ८ लाख डाउन पेमेन्टमै किन्न सक्ने छन् । यी गाडीको खरिदमा चाडपर्वको अफर अन्तर्गत आकर्षक छुट, १ लाख सम्मको एक्सचेन्ज बोनस, १ वर्ष निशुल्क बीमा र १ वर्ष निशुल्क सडक दस्तुर पाइनेछ । 

ग्रेटवालः ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’

ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रा.लि.ले पनि ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ अफर ल्याएको छ । 

अफर अन्तर्गत ग्राहकले ग्रेटवाल मोटरका गाडी (हाभल एच सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५) खरिद गर्दा नगद छुट, १ वर्षको कम्प्रिहेन्सिभ बीमा, १ वर्षसम्म निःशुल्क मेन्टिनेन्स र १ वर्षको नियमित मर्मतसम्भार खर्च कभर हुनेछ । 

यदि, खरिदकर्ताको घर परिवारमा पहिल्यै जीडब्लुएम गाडी भएमा अतिरिक्त छुट पनि पाइनेछ । निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टीसहित एक्सचेन्जको अवसर पनि दिइएको कम्पनीले जनाएको छ । 

फक्सवागनः ‘अनबिटेबल फेस्टिभ अफर’

फक्सवागनले ‘अनबिटेबल फेस्टिभ अफर’ भनेर ०.९९ प्रतिशत ब्याजमै गाडी उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।

चेरीः ‘चेरी चाडपर्व अफर’

चेरी कारको नेपालको लागि आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्सले दशैँ र तिहार लक्षित ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ ।

चेरीका चेरी टिग्गो ४प्रो, टिग्गो ७प्रो र टिग्गो ८प्रो मा यो अफर लागू हुनेछ । अफर अनुसार ग्राहकले मोडलअनुसार ५ लाख ८९ हजार ८ सय रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

नगद छुट, १ वर्षको निःशुल्क बीमा र १ वर्षको दस्तुर छुट, ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा पनि पाइनेछ । 

पुरानो चेरीको कारसँग नयाँ चेरी कार एक्सचेन्ज गर्दा १ लाख सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त हुनेछ । 

आइएमई मोटर्सः ‘हर्षको वहारमा छानी–छानी उपहार’

अशोक लेल्याण्डका कमर्सियल गाडीहरु बिक्रि गर्दै आएको आइएमई मोटर्सले चाडवाडका अवसरमा ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नाम योजना ल्याएको छ । 

अफर आन्तर्गत अशोक लेल्याण्डका साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन र खरिदकर्ता मध्ये २ जनाले थाइल्यान्ड टुरको अवसर पाउनेछन् । 

आईसीभी, ट्रक, टिपर, आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा २  जनालाई सिङ्गापुर टुरको अवसर पाउनेछन् । 

एम एण्ड एचसीभी ट्रक, टिप्पर, एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा १ जनाले यूरोप टुरमध्ये १ अफर छानेर लिन सक्नेछन् ।

३० प्रतिशत डाउनपेमेन्ट गरेर गाडी लिन सकिने व्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved