अटोमोबाइल्स व्यवसायमा प्रवेश गर्यो सुमार्गी ग्रुप, भित्र्यायो चिनियाँ कम्पनीको ‘बीएआईसी’ ब्राण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 10:18:55 AM मा प्रकाशित

laxmi  sunrise bank

वसायीक घराना सुमार्गी ग्रुप अटोमोवाइल्स व्यवसायमा प्रवेश गरेको छ । चिनियाँ सरकारी अटोमोबाइल्स कम्पनी बेइजीङ अटोमोटीभले उत्पादन गरेको ‘बीएआईसी’ ब्राण्डका गाडी सुमार्गी ग्रुपले नेपाल भित्र्याएको हो । 

हाल काठमाडौँमा एउटा रातो रंगको गाडी आइपुगेको छ । भन्सारमा रातो र सेतो गरी २ वटा आउने क्रममा छन् । सुमार्गी ग्रुपले मिनभवनस्थित अल इन वान मार्टसँगै रहेको आफ्नै भवनमा शोरुम तयार पारिसकेको छ । सुमार्गी समूहका सञ्चालक अरुणराज सुमार्गीले आज र भोलीमा भन्सारमा रहेका २ वटा गाडी काठमाडौँ आइपुग्ने र केही दिनमै शोरुम उद्घाटन गर्ने बताएका छन् ।

चीनको छैठौँ ठूलो गाडी उत्पादक कम्पनीका रुपमा चिनिने चिनियाँ सरकारी कम्पनी बेइजीङ अटोमोटीभले जर्मन ब्राण्ड मर्सडिज बेन्ज र कोरियन ब्राण्ड हुन्डाईसँगको सहकार्यमा गाडी उत्पादन गर्दै आएको छ ।

सुमार्गी समूहले नेपाल भित्र्याएको गाडी बीजे४० एल अफरोड एसयूभी हो । यो गाडी सन् २०१६ मा बेइजिङ अटो शोमा डेभ्यू गरेको थियो । 

यो गाडीमा मस्कुलर बडी, फाइफ स्टाइलको ग्रिल, ४ वटै चक्कामा डिस्क ब्रेक, ठूलो साइजको टायर लगायतका विशेषता छन् । यसमा फ्रन्ट तथा रियर लाइटहरु एलइडी छन् ।

फोर ह्वील क्षमताका कारण यो एसयूभी गाडी नेपालको भौगोलिक अवस्था अनुसार विकट र पहाडी सडकमा सहजै चलाउन सकिने छ । यसमा ६ स्पीड क्षमताको म्यानुअल गियरबक्स छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved