पल्सर बाइकको देशब्यापी कार्यक्रम सम्पन्न, ग्राहकलाई २५ प्रतिशत डाउनपेमेन्टको सुविधा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 09:39:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मोडलको ‘पल्सर एनएस १२५’ को देशव्यापी लन्चिङ कार्यक्रम सम्पन्न गरेको छ । यहि भदौ २८ गते बिर्तामोडबाट शुरु भएको यो लन्चिङ कार्यक्रम २९ गते इटहरी, ३० गते जनकपुर, ३१ गते नारायणघाट, असोज १ गते बुटवल र २ गते नेपालगञ्जमा सांगीतिक कार्यक्रम गर्दै सम्पन्न गरिएको हो ।

देशका मुख्य शहरहरूमा भएको लन्चिङ कार्यक्रममा गायकहरू प्रमोद खरेल, टिका प्रसाईं र हास्य कलाकार सुमन कार्कीको प्रस्तुती रहेको थियो । यसै गरी नेपाली बजार र चाडपर्वलाई लक्षित गरेर कम्पनीले आधाको आधामा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । आधाको आधामा भनेको मोटरसाइकलको कुल लागतको चार भागको एक भाग रकम जम्मा गरेर फाइनान्स गर्न सकिने हो । त्यस्तै एउटा मोटरसाइकल खरिदमा ७ हजार छुट व्यवस्था गरेको छ ।

पल्सरको एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको एनएस १२५ मा १२४।४५ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved