सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 04:07:07 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सुर्खेतमा पनि सार्वजनिक गरेको छ ।  

समारोहमा महिन्द्रा ईलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत लगायत उपस्थित थिए । 

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।

कम्पनीले भनेको छ, “नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ । महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटी’का उत्पादनहरू केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ । महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ । ”

ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ ।

यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ ।

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू

१. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने

– इन्धनको बढ्दो भाउबाट अलग्गै रहने – वार्षिक रु २,००,०००/-बचत– पेट्रोल थ्री व्हीलरका तुलनामा

– पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी रु ०.८ भन्दा कमको सञ्चालन लागत

– दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने  रकम रू १०० भन्दा कम – फूल चार्ज आठ युनिट, प्रति युनिट रू १२ र १२० किमी गुड्ने

२. उत्कृष्ठ पर्फेमेन्स

– उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क

– बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ५५ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने ।

–प्राविधिक रूपमा उन्नत आइपी६७– रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ ।

– प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा – एक दिनमा बहु–यात्रा = थप आय

३. उन्नत लिथियम आयोन ब्याट्री

– मर्मत–सम्भारमुक्त, १,५०,०००+ किलोमिटर ब्याट्रीको आयु

– ट्रियो अटो चार्ज गर्न तपाईंकोे मोबाइल चार्ज गर्नु जत्तिकै सजिलो छ । घरैमा १५ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिन्छ ।

४. थकानमुक्त ड्राइभिङ अनुभव

–ट्रिओ प्रत्यक्ष–ड्राइव प्रसारण प्रणालीयुक्त (डाइरेक्ट ड्राइभ ट्रान्समिन युक्त) छ ।  गियर बद्लिनु पर्ने वा क्लच सञ्चालन गर्नुपर्ने हुँदैन ।

– २,०७३ मिलिमिटरको अग्लो ह्विलबेसले चालक र तीन जना यात्रुलाई आरामदायी सिटमा बस्नसक्ने फराकिलो क्याबिनलाई सक्षम बनाउँछ ।

– १२.७ डिग्रीको उच्चस्तरीय उचाइ चढ्न सक्ने क्षमता (ग्रेडिबिलिटी)ले यस्तो झुकाव लिनु ट्रिओको लागि सहज कुरा हो भन्ने सुनिश्चित गर्छ ।

५. आकर्षक डिजाइन

– यसको चित्ताकर्षक नीलो र सेतो रंगको रूपरेखाले सडकमा धेरैको ध्यानाकर्षण गर्नेछ ।

– डेन्ट–प्रतिरोधी, खियामुक्त, मोड्युलर एसएमसी प्यानलहरूले मम्र्मत र प्रतिस्थापन गर्न सजिलो प्रदान गर्दछ ।

–एग्रोनोमिकल्ली डिजाइन गरिएको सबै–डिजिटल उपकरण कन्सोलले ड्राइभिङ दायरा, ब्याट्री चार्ज आदि जस्ता महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराउँछ ।

६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि

– टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८०,००० किमी वारेन्टीसहित आउँछ – यो हाल नेपालमा अन्य अटोहरूभन्दा धेरै हो ।

– ब्यापक डिलर नेटवर्क

७. विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो  मोबिलिटी प्लेटफार्म 

–टाढाबाटै गाडीको दायरा, जिओ–फेन्स, ट्रयाक स्पिड, स्थान र अन्य धेरै कुरा निगरानी गर्न सकिने.

८. अन्य विशेषताहरू

– टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हीलको व्यवस्था ।

– ड्राइभिङ मोडहरू – एफएनआर (फरवार्ड, न्यूट्रल, रिभर्स), इकोनोमी र बूस्ट मोड, लक गर्न मिल्ने ग्लोभ बक्स, १२ भोल्ट सकेट

– १५ एएमपी अफ–बोर्ड चार्जर, खतरा सूचक, रिभर्स बजर

– शक्तिशाली हेडलाइटहरू

– मजबुत सस्पेन्सनले सडकमा खाल्डाखुल्डी भएपछि सञ्चालनको क्रममा मेरुदण्डमा पार्ने असरलाई माथिसम्म प्रशारण हुन दिँदैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved