अग्नि ग्रुपले नाडा ईभी एक्सपोेमा इलेक्ट्रिक थ्री–ह्वीलर सार्वजनिक गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2022 | 05:37:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले यस पटकको इ.भि नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ । ट्रीयो झोर नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप हो । जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको छ ।

महिन्द्रा ट्रीयो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र ३ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरूका साथ, ट्रीयो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको कम्पनी दाबी गर्छ ।

यस पटकको नाडा इ.भि अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउने छन् ।

नेपालको ठुला  चाडपर्वहरू विश्वकर्मा पूजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्ड मार्फत आकर्षक नगद पुरस्कारहरु र १ लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेकोे जानकारी कम्पनिले गराएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पाङ्ग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नेका लागि असोज एक २०७९ देखि १५ कार्तिक २०७९ सम्म लागू हुनेछ ।

नाडा इ.भि अटो एक्सपो २०२२ मा अग्नी इनर्जीले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यो नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने आशा कम्पनीको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved