नेपालकै पहिलो ‘ईभी एक्सपो’ आजबाट, यी हुन् प्रदर्शन हुने इलेक्ट्रिक गाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2022 | 10:04:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको ‘नाडा ईभी एक्सपो’ आजबाट सुरु हुँदैछ । 

भृकुटी मण्डपमा आजबाट ४ दिनसम्म अर्थात् असोज ९ गतेसम्म चल्ने नाडा ईभी एक्सपोमा ७ वटा ४ पाङ्ग्रे इलेक्ट्रिक भेहिकल ब्राण्ड प्रदर्शन हुँदैछन् । एउटा ३ पाङ्ग्रे र ज्ञट वटा २ पाङ्ग्रे ब्राण्डले पनि प्रदर्शनमा भाग लिँदैछन् ।

२३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस र ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिनेछन् । 

नाडाका अनुसार ईभी एक्सपोमा सहभागी हुने ४ पाङ्ग्रे ब्राण्डमा हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र  टेस्ला छन् ।

नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा ईभी एक्सपोले नेपालमा बिजुली गाडीको खपत बढाउन र सोही अनुसारका दीर्घकालिन ऐन कानुनहरु निर्माण गर्न महत्वपूर्ण भूमीका खेल्ने नाडाका अध्यक्ष ध्रुब थापाले विश्वास लिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved