बेनेलीको नयाँ वर्ष अफर: निशुल्क हेल्मेट, रोड ट्याक्स छुटदेखि ३५ हजार क्यास डिस्काउन्टसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 06:05:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बेनेली मोटरसाइकलको नयाँ वर्ष अफर सार्वजनिक भएको छ । बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक विक्रेता केटिएम इन्टरनेशलन ट्रेडिङले अफर सर्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यी अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले रु.६०,००० सम्म छुट पाउन सक्ने र जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट, आर्थिक वर्ष ८०/८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अफरबाट तीन वटा फाइदा लिन सकिने छ – रु.३५,०००  नगद छुट, रु.१२,०००  रकम बराबरको बेनेलीको हेल्मेट, आर्थिक वर्ष २०८०÷८१ को रोड ट्याक्स सहुलियत (सरकारी नियम अनुसार) तथा आकर्षक उपहारहरु पाउँन सकिने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved