दर्ता भयो नेपालमै बनेको यात्रि बाईक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 09:59:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मै बनेका यात्री   दर्ता  भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेसंगै नेपाल मै बनेको यात्री दर्ता भएको हो।

यातायात व्यवस्था विभागले २०८०/०१/१३ ले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी संशोधन गरेर यात्री दर्ता गरेको हो ।

यात्रीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मोटरसाइकल दर्ता भएको जानकारी गराएको छ। यात्रीले आफ्नो स्पेसियल सिरिजको यात्री पी-१ मोटरसाइकल दर्ता भएको बताएको छ।

गत वैशाख १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभागलाई ‘यात्री’ मोटरसाइकल दर्ताका लागि कानुन बनाउन निर्देशन दिएका थिए।

 

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved