नेपालमै बनेको ‘गन्तव्य’ इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 07:47:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्दर अटो ईन्जिनियरिङले बनाएको ‘गन्तव्य’ ब्राण्डको इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक भएको छ । कम्पनीले कम्पनीले आफ्नै डिजाइनमा बनाएको गन्तव्य नामको १००–एस मोटरसाइकल उर्जामन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितीमा सार्वजनिक गरेको हो । 

गन्तव्य मोटरसाइकल नेपालको प्रविधिसहति यहीँको स्रोत र साधनको प्रयोग गरी विकास गरिएको इलेक्ट्रिक मोटरसाइकल भएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । उनले यो इलेक्ट्रिक बाइक नेपालको बाटो सुहाउँदो भएको दाबी पनि गरेका छन् । 

अध्यक्ष थापाका अनुसार उक्त मोटरसाइकलमा ४० प्रतिशतसम्म सामान नेपाली प्रयोग भएको छ । 

यसको जाँच पास भइ अहिले नम्बर प्लेट प्राप्तिको तयारीमा रहेको अध्यक्ष थापाले बताए । 

गन्तव्य मोटरसाइकलमा १५ सय वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्री जडान गरिएको छ । उक्त मोटरसाइकललको गति २४ देखि ५५ किलोमिटर प्रति घण्टा रहेको छ । 

गन्तव्य ईभी १००–एस मोटरसाइकलको मूल्य २ लाख ५० हजार रुपैयाँ तोकिएको छ । आजबाट एक महिनाभित्र खरिद गर्ने ग्राहकले २ लाख ४० हजार रुपैयाँमै यो बाइक पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved