हुण्डाई गाडीको एसेम्बल अब नेपालमै, वार्षिक ८ हजार गाडी बनाएर निकासी पनि गर्ने लक्ष्मी ग्रुपको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 01:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी ग्रुपले हुण्डाई गाडीको एसेम्बल गर्ने तयारी तीव्र बनाएको छ । लक्ष्मी ग्रुपको लक्ष्मी मोटर कर्पोरेसनले दक्षिण कोरियन चर्चित गाडी ब्राण्डा हुन्डाईको नेपालमै एसेम्बल गर्न लागेको हो । 

लक्ष्मी ग्रुपले गत साउनमै एसेम्बल प्लान्ट निर्माणको तयारी सुरु गरेको थियो । 

हुण्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले २०७६ सालमै ५ अर्ब १० करोड रुपैयाँ लगानीमा लक्ष्मी मोटर कर्पोरेसन नामको एसेम्बल प्लान्ट कम्पनी दर्ता गरेको थियो । नवलपरासीमा रहने भनिएको प्लान्टबाट वार्षिक ८ हजार वटा चार पाङ्ग्रे सवारी उत्पादन गर्ने लक्ष्य छ । लक्ष्मी ग्रुपले नवलपरासीमा जग्गा पनि लिइसकेको छ ।

अबको डेढ वर्षभित्रमा गाडी एसेम्बल सुरु हुने कम्पनीको विश्वास छ । 

कुन मोडलको गाडी एसेम्बल गर्ने भन्ने तय भइ नसकेको तर, स्वदेशमा बढी माग र खपत हुने मोडलको गाडी एसेम्बल गर्ने तयारी छ ।

यहाँ एसेम्बल गरिएका गाडीहरु निर्यात पनि गर्ने लक्ष्य राखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved