हुन्डाईका विद्युतीय गाडी किन्न ९.९९ प्रतिशत ब्याज मै ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 06:03:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आयोनिक ५ को खरिदमा नयाँ ब्याजदर योजना सार्वजनिक गरेको छ ।  दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि यस्तो योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ % ब्याजदरमा (पहिलो बर्ष को लागि) हुन्डाई कोना र आयोनिक ५ खरिद गर्न सक्नेछन् । बैंकको ३०१ वटै शाखा बाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

हुन्डाई कोना ३ वटा भेरियन्टमा उपलप्ध छ । KONA NS को मूल्य रु.६०,९६,०००, GL- ६१,९६,००० र GLS भेरियन्टको र ६४,९६,००० रहेको कम्पनीले जनाएको छ । साथै, IONIQ 5 GLS Vision roof भेरियन्ट १०,२९६,००० को मूल्यमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved