यामाहा खरिद गर्दा २ वर्षका लागि सडक कर नि:शुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 06:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहा बाइकले 'यामाहा ट्याक्स रिल्याक्स' नामक नयाँ अफर घोषणा गरेको छ ।  यसअन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुने कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ 'दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने कुरा यामाहा जान्दछ । सडक करजस्ता अतिरिक्त खर्चहरूले प्रायः सवारहरूलाई बोझ पार्न सक्छ र उनीहरूको समग्र आनन्द र मनको शान्तिलाई असर गर्छ । यामाहा ट्याक्स रिल्याक्सले ग्राहकहरूका ती चिन्तालाई हटाउन सक्छ किनकि यामाहाले स्वामित्वको पहिलो दुई वर्षको लागि करहरूको जिम्मा लिनेछ ।'

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, "यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौँ । यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन् । यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ ।"

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीका अनुसार शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved