यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड बाइक सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 03:52:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड बाइक सार्वजनिक गरेको छ । कम्पनीले रु ३.७९९ लाखमा उपलब्ध हुनेगरी  बाइक सार्वजनिक गरेको हो।

बाइकमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत BS6 इन्जिन टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एफजेड एफआई भीघ्री स्ट्यान्डर्डले कार्यसम्पादनका मापदण्डहरु मात्र पुन: परिभाषित गर्दैन बरु कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपनलाई आफ्नो शीर्ष प्राथमिकतामा राख्छ । यो मोटरसाइक कालो र निलो आकर्षक नयाँ रङहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले भनेको छ 'एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्दछ। एक बलियो १४९ सिसि एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर बलूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउँछ । यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि छ, जसले औसत ४५-५० किमी प्रति लिटरको माइलेज प्रदान गर्दछ ।'

ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर- केन्द्रित टेक्रोलोजीहरूले सुसज्जित यो मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्ने कम्पनीको दाबी छ। यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि -स्टेप एडजस्टेबल मोनोक्स सस्पेन्सन सेटअपद्वारा कुशलतापूर्वक व्यवस्थित गरिएको छ जसले आरामदायी र नियन्त्रित सवारीको ग्यारेन्टी दिने कम्पनीले उल्लेख गरेको छ।

 एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको र यसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्दै , राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरुमा सुरक्षाको दायरा बढाउने कम्पनीले जनाएको छ।

एमएडब्लूटू वीलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले यामाहा एफजेड एफआई भीघ्री स्ट्यान्डले पामाहाको स्पोर्टिनेस, स्टाइलिस र एक्साइटमेन्टका विशेषताले सुसज्जित मोटरसाइकलहरू किफायती मूल्यमा ग्राहकसामू ल्याउने हाम्रो अटल प्रतिबद्धताला पुष्टि गर्ने बताए। उनका अनुसार यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड देशव्यापी रुपमा सबै यामाहा डिलरहरूमा उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved